नेपाली समय: ०८:३३:४८ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु

निर्माण सञ्चार, १६ मंसिर, बाग्लुङ । बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो।  

मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ।  खड्काअनुसार घटनामा परी तीन जना घाइते भएका छन्। 

‘एक जना बेपत्ता छन्, हामी खोजिरहेका छौं,’ प्रहरी निरीक्षक खड्काले निर्माण संञ्चारसँग भने। 

जीपका चालकको पनि मृत्यु भइसकेकाले घटना कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

०००
 



प्रकाशित: २०७६ मंसिर १७
December 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार