नेपाली समय: ०८:१४:२४ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

खुशियाली सहकारी संस्थाको ९ औं साधारणसभा सम्पन्न

निर्माण सञ्चार, मंसिर २९, भक्तपुर । खुशियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

शनिबार निलबाराही मन्दिर भक्तपुरमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष राजकुमार तिमल्सेनाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर सदस्यहरु ब्यवसायीक कृषि तथा अन्य क्षेत्रमा आर्थिक उपार्जनको लागि काम गर्ने योजना लिएर आए संस्थाले सहयोग गर्न सदैव तयार रहेको बताए ।

संस्थाले कार्यक्रमा डा.जिवन अंगाई, डा.बिपिन लुईटेल,अधिबक्ता कुमार अधिकारी, ठमेल परिषदका सचिब बद्री तिमल्सिना, रेबनका महासचिव एकराज अधिकारी र उत्कृष्ट सदस्यहरू मध्यबाट २ जनालाई सम्मान गरेको हो । 

संस्थाका सल्लाहकार सिताराम लुइटेलले  कार्यक्रममा बोल्दै संस्थाले गत बर्ष राखेको बार्षिक कार्ययोजना सफलताको साथ सम्पन्न गरेकोमा खुशी ब्यक्त गरे ।

संस्थाले डा.जिवन अंगाई, डा.बिपिन लुईटेल,अधिबक्ता कुमार अधिकारी, ठमेल परिषदका सचिब बद्री तिमल्सिना, रेबनका महासचिव एकराज अधिकारी लगाएतका व्यत्तित्व संमक्ष प्रतिवेद सर्वसम्मतिबाट पारित गरेको हो । 

संस्थाका अध्यक्ष तिमल्सेनाले सभामा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै प्राप्त सल्लाह सुझावलाई भविष्यमा अवलम्वन गर्ने प्रण गर्दै  कार्यक्रम समापन गरेका हुन् ।

 

 

000



प्रकाशित: २०७६ मंसिर २९
December 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार