पीपीएलः काठमाडौंले पोखरालाई दियो ११६ रनको लक्ष्य (अपडेट)
निर्माण सञ्चार, मंसिर २९, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको विदेशी ब्याट्सम्यान सुवोध भाटीले आक्रामक ब्याटिङ गरेपछि उद्घाटन खेलमा काठमाडौं गोल्डेन वारियर्सले साविक विजेता पोखरा पल्टनलाई ११६ रनको विजय लक्ष्य पेश गरेको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको नवप्रवेशी टिम काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन बनाउन सफल भएको थियो ।
खेलको सुरुआती ओभरमा ब्याट्सम्यान सस्तैमा आउट भए पनि सातौं नम्बरमा आएका भारतीय ब्याट्सम्यान सुबोधले आक्रामक पारी खेल्दै स्कोर बढाउन सफल भएका थिए ।
०००
प्रकाशित: २०७६ मंसिर २९
प्रकाशित: २०७६ मंसिर २९
December 15th 2019
प्रतिक्रिया दिनुहोस्