नेपाली समय: ०३:१२:०८ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

पीपीएलः भुर्तेलको अर्धसतकसँगै पोखराको विजयी सुरुआत

निर्माण सञ्चार, मंसिर २९, पोखरा । काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । 

काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४।१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । 

४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।

यसबाहेक अर्का ओपनर आसिफ शेखले १४ रनको योगदान गरे । रवि इन्दर सिंह ३८ रनमा अविजित रहे । 

उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । बलिङमा काठमाडौंका सुशन भारीले १ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियो ।

ओपनिङ ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा लडखडाएको काठमाडौंका लागि सुबोध भाटीले सम्मानित स्कोरमा पुर्‍याएका थिए ।

सातौं नम्बरमा ब्याटिङमा आएका सुबोधले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे । ठूलो सट खेल्ने चक्करमा १७।३ ओभरमा उनी शरवजीत लड्डाको बलमा आरिफ शेखको हातबाट बाउन्ड्री क्षेत्रमा क्याचआउट भए ।

ओपनर जयकिसन कोल्सावाला ९, डेढ वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेल ६, गौर‍व तोमर १३, कप्तान ज्ञानेन्द्र मल्ल १, पवन सर्राफ ६ र पृथु बास्कोटाले ७ रनमात्र जोड्न सफल भएका थिए । 

बसन्त रेग्मी ८ र शुसान भारी १० रनमा नटआउट रहे । बलिङतर्फ पोखराका रशिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए । शरवजीत लड्डा र प्रथमेस डाकेले १–१ विकेट झारे ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको नवप्रवेशी टिम काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन बनायो। सुरुआती ब्याट्सम्यान सस्तैमा आउट भए पनि सातौं नम्बरमा आएका भारतीय ब्याट्सम्यान सुबोधले आक्रामक पारी खेल्दै इनिङ उकासेका थिए।

शरवजीत लड्डाको बलमा आरिफ शेखको हातबाट क्याचआउट हुनुअघि उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरे। त्यसअघि अर्का विदेशी खेलाडी गौरव तोमरले १३ रन जोड्नुबाहेक अन्य ५ ब्याट्सम्यान दोहोरो अंकको स्कोर गर्न असफल थिए।

ओपनर जयकिसन कोल्सावाला ९, डेढ वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेल ६, कप्तान ज्ञानेन्द्र मल्ल १, पवन सर्राफ ६ र पृथु बास्कोटाले ७ रनमात्र जोड्न सके।

बलिङतर्फ पोखराका रशिद खान, ललित नारायण राजवंशी र कुशल मल्लले २–२ विकेट लिए। शरवजीत लड्डा र प्रथमेस डाकेले १–१ विकेट झारेका थिए ।

 

 

०००



प्रकाशित: २०७६ मंसिर २९
December 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार