नेफ्स्कूनको २८औं बार्षिक साधारण सभा सम्पन्न
निर्माण सञ्चार, पौष ५, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कूनको) २८औं बार्षिक साधारणसभाको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले साधारण सभाको उद्घाटन गर्दै सहकारी मार्फत मुलुक विकास गर्ने प्रशस्त सम्भावना रहेको जसका लागि सरकार र सहकारी बीचमा साझेदारी अभियानलाई कृषि लगायत उत्पादनको यान्त्रिकीकरणमा जोड दिने कार्यमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री अर्यालले सहकरी क्षेत्रलाई विद्युतीकरण गरी अन्तर सहकारी कारोबार गर्नको लागि प्रविधियुक्त बनाउनुपर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कार्यक्रमा बोल्दै सहकारीले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
सहकारी नर्कटको झाँङ जस्तो नभएर तल्लो तहबाट विकसित हुँदै आएको, सामाजिक न्याययुक्त अभियान भएको बडालले जोड दिए ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी सदस्यको लागि भएको हुँदा सदस्यहरुलाई उत्पादनमा लगाई रोजगारी सृजना गर्न सहकारी लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले २१औं शताव्दीको सहकारी प्रविधिमैत्री बनाई समूह र राष्ट्र विकासको रुपमा अभियानलाई विकसित गर्नुपर्ने भनाइ राखे ।
सोही कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय संस्था सिक्ट्याव भारतका निर्देशक के.के.त्रिपाठीले नेपालमा नेफ्स्कूनको नेतृत्वमा निर्माण हुन लागिरहेको सहकारी शिक्षा तथा तालिम केन्द्रका लागि भारतको कृषि मन्त्रालय अन्तर्गत रहेर सहयोग गर्ने बताए ।
नेफ्स्कूनले आबद्ध सहकारीहरु मध्येबाट उत्कृष्ठ सहकारीहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुराष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी क्षेत्रका विशिष्ट व्यक्तिहरुको आतिथ्यता सहित देशभरका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
000
प्रकाशित: २०७६ पौष ६

December 22nd 2019
प्रतिक्रिया दिनुहोस्