नेपाली समय: ०३:४५:५६ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

काठमाडौ विश्वविद्यालयमा तेस्रो पल्ट तालाबन्दी, के गर्दै छन् रजिस्ट्रार र भि.सी ?

निर्माण सञ्चार, पौष ८, काठमाडौं । काठमान्डौ विश्वविद्यालयमा फेरी तालाबदन्दी भएको छ। किन हुन्छ बारम्बार तालाबन्धि ?  के गर्दै छन् त सम्बन्धि निकाय ?  किन गर्छन कर्मचारी तथा प्राध्यापकहरु तालाबन्दी भनेर बुझ्दा निकै लामो समय देखि काठमान्डौ बिश्वोविद्यालयका भि.सी र रजिस्टार अफिस तालाबन्धि भएकोमा पटक पटकको छलफल, समझदारी एवं कार्यकारीको निर्णय पछि खोलिएको थियो । 

यधपी बिश्वबिद्यालय नेतृत्वले सम्झौता र निणर्य बमोजिम काम नगर्ने बरु उल्टै शिक्षक तथा कर्मचारीहरुलाई चिढ्याउने एवं अपमान गर्ने, बृत्तिबिकासका काम र कदममा अनेक बहाना बाजीको नाउमा ढिलासुस्ती गरेकोले बाध्य भएर  कर्मचारी र प्राध्यापकहरुले संयुत रुपमा विश्वविद्यालय पुनः बन्द गरेका छन् । 

यो तेस्रो पटक तालाबन्धि भएको हो । कर्मचारी प्राध्यापकहरुलाई झुटो आस्वास देखाएर भि।सी रजिस्टारले खेलाडी बनि विश्वविद्यालयलाइ बिगार्न खोजेको देखिन्छ किन कि कहिले सबै सम्झौता पुरागर्छौ भनेर सम्झौता गरेको गरेको र अहिले कुनै पनि सम्झौता पुरा नगरेको पाहिएको छ । 

अझ प्राध्यापकहरुलाई धम्काउने गरेको पनि उनीहरुको भनाइछ । कार्यकारी परिषद्ले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारी संघ र प्राध्यापक संघले तालाबन्दी गरेका हुन् । 

२५औं दीक्षान्तसभाबाट सम्झौतालाई अनुमोदन नगराएर प्राध्यापक संघ र कर्मचारी संघको पेसागत संगठन खोल्न पाउने र आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारबाट बन्चित गराएको उनीहरुको आरोप छ । 

यही पुस १५ गतेभित्र प्रा. डा. विजय केसीको संयोजकत्वमा बनेको कार्यदलले पेस गरेको केयु कर्मचारी संघ र केयु प्राध्यापक संघसम्बन्धी नियमको मस्यौदा अनुमोदन नगरिए विश्वविद्यालयका सम्पूर्ण गतिविधिहरु ठप्प पारी आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।  

केयु कार्यकारी परिषद्ले सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको थियो । अब  कुनै पनि  बेला सम्पूर्ण स्कुल  बन्द हुन सक्ने  पनि जानकारी दिएका छन  प्राध्यापक संघ र कर्मचारी संघलाई  झुकाउदै  आएको छ । 

सम्झौता  कार्यन्वयन गर्न दिक्षान्त सभामा बोलाइ नियम मस्यौदा  पारित गराउने आश्वासन दिएकोमा उनिहरुलाइ दीक्षान्त सभामा आमन्त्रित  गरेपनि सम्झौता अनुरुप नगरेको र आफ्नु भनाइ राख्न समेत नदिएको भनाइ छ ।


०००



प्रकाशित: २०७६ पौष ८
December 24th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार