नेपाली समय: ०३:२५:४० बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. लामिछाने: ‘सबैलाई समेटेर जानु छ, विश्वविद्यालयलाई सफल बनाउनु छ’

निर्माण सञ्चार, ११ असोज ०७७, काठमाडौं । 

नेपाल संस्कृत विश्वविद्यालयका लागि उपकुलपतिमा प्रा.डा यादवप्रसाद लामिछाने नियुक्त भएका छन् । विश्विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा लामिछानेलाई आइतबार नियुक्ति गरेका हुन् । 

संस्कृत सहित कृषि तथा पोखरा विश्विद्यालयले पनि आ–आफ्ना उपकुलपति पाएका छन् । तिनमा क्रमशः कृषि अर्थशास्त्री डा पुण्यप्रसाद रेग्मी तथा पोखरा विश्वविद्यालयका लागि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको कोटाबाट प्रा.डा प्रेमनारायण अर्यालले जिम्मेवारी पाएका छन् ।

  • कृषिमा डा रेग्मी, पोखरा विश्वविद्यालय प्रमुख प्रतिपक्षी दलको पोल्टामा
     
प्रा.डा. लामिछाने लामो सयमदेखि प्राध्यापन क्षेत्रमा कार्यरत बौद्धिक तथा कुशल व्यवस्थापकका रुपमा चिनिएका छन् । उनी प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष समेत हुन् ।  

नियुक्तिसँगै प्राडा लामिछानेले संस्कृत विश्वविद्यालयमा अपार सम्भावना रहेको भन्दै विश्वविद्यालयको सफलता नै सबैको सफलता रहेको प्रतिक्रिया दिएका छन् ।

निर्माण सञ्चारसँग संक्षिप्त प्रतिक्रिया दिदै प्राडा लामिछानेले भने, ‘विश्विद्यालयले अब गति पाउने छ । विगतझैं अब अल्झिरहनु पनि हुँदैन । सबैलाई समेटेर जानु छ, विश्विद्यालयलाई सफल बनाउनु छ । मेरो ध्यान यसमै रहने छ ।’

सरकारले लामो सयमदेखि रिक्त उपकुलपति पदमा पदाधिकारी नियुक्ति गरेसँगै विश्विद्यालयहरुका रोकिएका सभादेखि विभिन्न कामहरु अब सुचारु हुने विश्वास नियुक्त पदाधिकारीहरुले लिएका छन् । 

 

 

०००



प्रकाशित: २०७७ आश्विन ११
September 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार