नेपाली समय: ०३:३१:११ अपरान्ह
वि.सं २०८१ फाल्गुण ४   आइतबार

प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय वैठक बस्दै

निर्माण सञ्चार, १७ असार, ०७९, काठमाडौं । 

यही असार १८ गते नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रीय कमिटीको दोस्रो पूर्ण वैठक बस्ने भएको छ । पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा शनिबार बिहान ८ बजे एमाले महासचिव शंकर पोखरेलले वैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक प्राध्यापकहरुले बताएका छन् । 

देशैभरबाट करिब १३० केन्द्रीय सदस्य प्राध्यापकहरु सहभागी हुने सो वैठकको अघिल्लो दिन पदाधिकारी वैठक बसेको थियो । संगठनका सचिव उपप्राध्यापक देवराज आचार्यले दिएको जानकारी अनुसार वैठकमा मुख्य गरी जिम्मेवारी बाँडफाँड र संगठन विस्तारको योजना रहेका छन् । 

पेशागत संगठन भएकाले वैठकले विभिन्न विश्वविद्यालयका शैक्षिक सवाल, त्यहाँ भइरहेका विभिन्न अवरोधहरुबारे पनि छलफल गर्ने छ । तिनमा भरखरै मात्र त्रिभुवन विश्वविद्यालयमा नेविसंघले लगाएर औचित्य पुष्टि गर्न नसकी ताला खोलेदेखि नेपाल संस्कृत विश्वविद्यालयमा पनि महिनौँदेखि नेविसंघले ताला लगाएर काम गर्न नदिएका मुद्दाहरुमा समेत छलफल हुने छ । 

सो वैठकले विभागीय काम बाँडफाँडका अतिरिक्त ११ जना जति नयाँ सदस्यहरुको मनोनयन गर्ने छ । संगठनको यस अघि गत चैत २५।२६ गते राष्टिय अधिवेशन भएको थियो । सो अधिवेशनबाट अध्यक्ष वेदराज केशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो । 

 

०००
 



प्रकाशित: २०७९ आषाढ १७
July 1st 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार