नेपाली समय: ०५:४३:४९ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

पीपीएलः फाइनलमा पुग्न बुटवल र विराटनगर भिड्दै

निर्माण सञ्चार, पौष १०, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा फाइनलमा पुग्नका लागि बिहीबार बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स बीच इलिमिनेटर खेल भइरहेको छ ।

बुटवलका कप्तान सोमपाल कामीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । त्यससँगै विराटनगरले पहिले ब्याटिङको अवसर पाएको छ । लिग चरणको अन्तिम खेलमा विराटनगरले बुटवललाई नै हराउँदै इलिमिनेटरमा स्थान बनाएको थियो ।

फाइनलमा पुग्ने रणनीति साथ मैदानमा उत्रिएको बुटवल नजिता उल्टाउने दाउमा छ भने, विराटनगर हिजोको खेलको हौसला कायम राख्ने कसरतमा हुनेछ ।

लिग चरणका सबै खेल जितेर शीर्ष १० अंक सहित पारस खड्काले कप्तानी गरेको चितवन राइनोज फाइनलमा स्थान बनाइसकेको छ । आजको खेलमा जित हात पार्ने टोली चितवनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।


००० 
 



प्रकाशित: २०७६ पौष १०
December 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार