नेपाली समय: ०८:१२:५५ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

नेपाल सहकारी पत्रकार समाजमा नयाँ नेतृत्व

निर्माण सञ्चार पौष २०, काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभाले सर्वसम्मतरुपमा आगामी दुई वर्षका लागि खिलानाथ दाहालको अध्यक्षतामा सात सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

समितिको उपाध्यक्षमा काजी श्रेष्ठ, सचिवमा तुलसी सुवेदी, सहसचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा शर्मिला ठकुरी सदस्यमा गोविन्द गिरी र हेमन्तराज जोशी निर्वाचित भएका छन् ।

साधारणसभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रशाद बडालले कृषि, उद्योग, शिक्षा, विद्युत, स्वास्थ्य लगायतका उत्पादनशील क्षेत्रमा सहकारीलाई लगानी गर्न विभिन्न ४७ वटा  ऐन, कानुन बाधक भएको भन्दै केही नेपाल ऐनमार्फत गाठो फुकाउने तयारी भएको बताएका छन् ।

उक्त सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारीले उत्पादन बढाएर कुल ग्राहस्थ उत्पादनमा योगदान दिन  उत्पादन प्रणालीमा अगाडि गई  समाजवादमा जान सकिने भएपनि विभिन्न नियम कानुन बाधक भएकाले सहकारीले फड्को मार्न नसकेको बताएका छन् ।

‘सहकारीमैत्री कानुन आउनुपर्छ, अनिमात्र उत्पादनशील क्षेत्रमा सहकारी जान सक्छ ।’ उनले भने । साथै उनले वित्तीय सहकारीको व्यवस्थानका लागि छुट्टै बचत तथा ऋण ऐन आवश्यक भइसकेको बर्तमानमा सहकारीको संख्यात्मक मात्र नभई गुणात्मक विकास हुनुपर्नेमा  जोड दिए ।

संस्थापक अध्यक्ष यादव हुमागाई, निवर्तनमा अध्यक्ष डिल्लीप्रसाद सापकोटा लगाएतको उपस्थितिमा भएको साधारणसभामाअध्यक्ष खिलानाथ दाहालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका  थिए ।

 

०००



प्रकाशित: २०७६ पौष २०
January 5th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ