नेपाली समय: १०:४१:५७ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

उद्यमशिल समाज निर्माणका लागि सरकार र सहकारी सँगसँगै– मन्त्री अर्याल

निर्माण सञ्चार, पुस २४, काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीले उद्यमशिल समाज निर्माणका लागि उद्यमशिलता र व्यवसायीकतातर्फ अग्रसर हुनुपर्ने त्यसलाई साकार पार्न सरकार र सहकारी सँगसँगैं अगाडि बढ्ने बताइन् ।  

ललितपुरको पुल्चोक स्थित आफ्नै सभाहलमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २७ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री अर्यालले विकासको बाधक बनेका कानुन राखेर प्रगति नहुने भन्दै यस बर्ष सहकारी मैत्री कानुन निर्माणका लागि सक्रिय भई सरकारले अब आफ्नो विकासले आफै असुरक्षित हुने अवस्थाको अन्त्यका लागि फरक ढंगले विकासको अवधारणालाई अगाडि सारी कार्यान्वयनमा ल्याउने जानकारी गराइन् ।

मन्त्री अर्यालले सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेलाई रोक्न सक्नुपर्ने बताउँदै एक घर एक सदस्य र एक सहकारी एक रोजगारी भन्ने अभियान संचालन गरी रोजगारी सिर्जना गर्ने थलो बन्न सक्ने गरी सहकारीहरुले आफ्ना गतिविधिहरु ग्र्नुपर्नेमा जोड दिइन् ।

‘सरकारले गरिवी निवारणको माध्यमका रुपमा सहकारीलाई अगाडि सारेको वर्तमान अवस्थामा छ । उनले भनिन्, ‘गरिवी निवारणको माध्यमको रुपमा भूमीलाई स्रोत सहकारीलाई माध्यम बनाई सन् २०३० भित्र नेपालको गरिवी शुन्यमा झारी गरिवीको अन्त्य गर्ने लक्ष्य लिएर मन्त्रालय अगाडि बढ्ने उद्देश्य छ ।’  

उनले सहकारीको संख्या घटाउनका लागि मर्जन गर्ने र निस्कृयलाई खारेज गर्ने तयारीमा मन्त्रालय रहेको छ भन्दै अन्तर सहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई महत्व दिइएको प्रष्ट्याउँदै अन्तर सहकारी चेक सटहीको कार्यलाई समेत छिटो निस्कर्षमा पुयाउने कुरा जनकारी गराइन् ।

सभालाई सम्बोधन गर्दै उनले सहकारीमा लगातार एउटै नेतृत्व रहने विषयलाई पनि निरुत्साहित गरी नयाँ नेतृत्वको विकासमा विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिइन् । 

सहकारीका लागि दिगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको सार्वजनीक समेत गरिएको सो वार्षिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले आर्थिक बर्ष ०७५/०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारी समाजिक व्यवसाय भएकाले यसको केन्द्रविन्दु सदस्य हुने बताए ।

अध्यक्ष बडालले सहकारी अभियानको ब्याज सार्वजनिक गरेपछि लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले प्रस्तुत गरेर अगाडि बढेको कार्यक्रममा पूर्व मन्त्री बालकृष्ण खाँड, सांसद पशुपचि चौलागाई, सल्लाहकार गणेश शाह, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, रजिष्ट्रार डा टोकराज पाण्डे लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

आगामी चार बर्षे कार्यकालका लागि साधारण सभाले २२ सदस्यीय संचालक समिति र ३ सदस्य लेखा सुपरिवेक्षण समितिको चयन समेत गर्ने कार्यक्रम रहेको साधारणभा २५ पुसमा हुने संचालक समिति र लेखा सुपरिवेक्षण समितिको चयन पछि सम्पन्न हुने कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य तथा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले निर्माण सञ्चारलाइ बताइन।

 
त्यसैगरी राष्ट्रिय सहकारी महासंघको साधारणसभामा भाग लिन आउनुभएका पर्वत जिल्ला सहकारी संघका अध्यक्ष महेन्द्रजंग लामिछानेको गोंगबुबाट पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघको कार्यलय आउँदै गर्दै असामायीक निधन भएकोमा सभाले श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

 

 

000



प्रकाशित: २०७६ पौष २४
January 9th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार