नेपाली समय: ११:४४:२० बिहान
वि.सं २०७६ माघ ११   शनिवार

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न

निर्माण सञ्चार, पुस २७, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको  साधारण सभा सम्पन्न भएको छ । 

वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा सम्पन्न भएको हो । 

साधारण सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालाले स्वागत गरेका थिए । 

साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष ०७५/७६ को आम्दानीबाट २७.२५ प्रतिशत बोनस सेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.४३४ प्रतिशत उपलब्ध गराउन स्वीकृति गरेकोे छ । 

वित्तीय संस्थाको अधिकृत पूँजी २७५ करोड, जारी पूँजी २०० करोड र चुक्तापुँजी १ (एक) अर्ब २ लाख २९ हजार ४२६ पुर्याउने निर्णय समेत गरेको छ । 

सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिवेदन अनुसार वित्तीय संस्थाले २०७६ मंसिरसम्म ९२ अर्ब ४१ करोड कर्जा लगानी गरी ७१ अर्ब ८१ करोड असुली गरेको र लगानीमा रहेको कर्जा २० अर्ब ६० करोड पुगेको छ । 

यसै गरी वित्तीय संस्थाले लघु तथा कृषि वित्त सेवा, भुकम्प प्रभावित समुदायको लागि जीविकोपार्जन पुनरस्थापना, किसानका लागि उन्न विउविजन, नविकरणीय उर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन प्रवद्र्धन, पशुपालन तथा तरकारी खेति, सीप तथा क्षमता विकास, सामाजिक/ साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

हाल वित्तीय संस्थामा आवद्ध ७५० र आवद्ध हुने क्रममा रहेका २३१ समेत ९८१ साझेदार सहकारी संस्थाहरु मार्फत ८ लाख परिबारमा ५२ अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पुर्याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा ११ सय साझेदार सहकारी मार्फत नेपालका ११ लाख परिबारमा सेवा पुर्र्याउने लक्ष्य राखेको छ । 

एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा ग्रमीण उद्यम लगानी परियोजना सञ्चालन गर्ने भएको छ । 

यो परियोजना अन्तर्गत आगामी ५ वर्ष भित्र सामुहिक ५० र व्यक्तिगत ५०० कृषि उद्यम सञ्चालन ल्याउने कार्यक्रम रहेका छन् । 

कृषिलाई नाफामुलक व्यवसायकोरुपमा स्थापित गर्ने मनसायले सञ्चालन हुन लागेको यो परियोजनाको प्रभावकारिताको आधारमा वित्तीय संस्थाको संरचनालाई पनि सोही अनुसार सुधार गर्ने कार्यक्रम रहेको जनाएको छ । 

 

 

०००



प्रकाशित: २०७६ पौष २७
January 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार