
पारसका ठाउँमा कप्तान बने ज्ञानेन्द्र मल्ल
निर्माण सञ्चार, १३ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यो जिम्मेवारी दिएको हो ।
क्यानले क्याप्टेन पदबाट पारस खड्काले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ क्याप्टेन छनोट क्रममा मल्ललाई यो जिम्मेवारी दिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेको भोलिपल्ट पारसले क्याप्टेन पदबाट आफू अलग भएको घोषणा गरेका थिए ।
त्योसँग रिक्त रहेको क्याप्टेन पदमा मल्ल नियुक्त भएका हुन् ।
०००
पढौं यो पनि
प्रकाशित: २०७६ कार्तिक १३
पढौं यो पनि
प्रकाशित: २०७६ कार्तिक १३
October 30th 2019
प्रतिक्रिया दिनुहोस्