नेपाली समय: ०८:४६:०८ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

सहकारीको विकासका लागि छुट्टै सहकारी मन्त्रालय र ऐनको आवश्यकता –खतिवडा

निर्माण सञ्चार २८ माघ, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड  (नेफ्स्कून)काे स्थिरीकरण कोष सम्बन्धी राष्ट्रिय गोष्ठीमा सहकारी समिति संयोजक घनश्याम खतिवडाले सहकारीको विकासका लागि छुट्टै सहकारी मन्त्रालय र बचत तथा ऋण सहकारी ऐनको आवश्यकताका रहेकाे बताए । 

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय गोष्ठीमा कार्यक्रमा प्रतिनिधि सभा सदस्य एवम कृषि सहकारी एवंम सहकारी समिति संयोजक खतिवडाले सहकारीको विकासका लागि छुट्टै सहकारी मन्त्रालय र बचत तथा ऋण सहकारी ऐनको आवश्यकता रहेको बताएका हुन् । 

सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले स्थिरीकरण कोष कार्यविधि जारी भएको बताए । 

उनले कोष सञ्चालनमा नेफ्स्कूनले सही पहलकदमी अगाडि बढाउन र सम्पूर्ण बचत तथा ऋण सहकारीहरु ढुक्कका साथ आजैबाट स्थिरीकरण कोषमा सहभागी हुन आब्हान गरेका हुन् । 

उक्त्त गोष्ठीमा संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले स्थिरीकरण कोषको आवश्यकता सम्बन्धमा र नेफ्स्कूनका परामर्शकर्ता शिव अधिकारीले स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि र कार्यान्वयन रणनीति, २०७६ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्दै जोखिम मुक्त, दीगो र भरपर्दो बचत ऋण सहकारी अभियानका लागि स्थिरीकरण कोषको शुरुवात सम्बन्धमा बचत ऋण सहकारी अभियानका प्रतिनिधिहरु र सरोकारवाला निकायहरुद्वारा सामूहिक ऐक्यबद्धता जाहेर गरेका थिए ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न गोष्ठीले स्थिरीकरण कोषको कार्यान्वयनमा जोड दिन ४ वटा प्रतिबद्धता सहितको प्रस्ताव समेत पारित गरेको थियो । प्रस्तावहरुमा

–बचत ऋण सहकारी संस्थाहरुको जोखिम व्यवस्थापनका लागि स्थिरीकरण कोष स्थापना गर्न हामी तयार छौं ।

–सहकारी नियमावलीको नियम ७४ को उपनियम ९४० बमोजिम आवश्यक न्यूनतम प्रारम्भिक योगदान पुग्ने गरी कोषमा रकम जम्म गर्न हामी प्रतिबद्ध छौं ।
–प्रारम्भिक योगदानको रकम २०७६ चैत्र मसान्त भित्र जम्मा गर्न हामी तयार छौं ।
–प्रारम्भिक योगदान वापत प्राप्त हुने रकम कार्यबिधि अनुसार बैंक खातामा राख्न हामी प्रतिबद्ध छौं ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी उपे्रती ,स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु, नेफस्कूनका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक समिति, लेखा समिति लगायत विभिन्न जिल्लाबाट सहभागी भएका साकोसका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता थियो ।

 

०००



प्रकाशित: २०७६ माघ २८
February 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार