सहकारीका तीनवटा तालिममा सिटइभिटिको मान्यता–नेफ्स्कुनलाई सम्बन्धन प्राप्त
निर्माण सञ्चार, १८ फागुन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि)ले सहकारी क्षेत्रको व्यवस्थापक, रिसेप्सेन एवं क्यासियर (खचाञ्जी) र बचत तथा ऋण परिचालन विषयको तालिमलाई अन्य सिपमूलक तालिम सरह मान्यता प्रदान गरेको छ ।
सहकारी अभियानको माग बमोजिम नेफ्स्कूनको निरन्तरको प्रयास पछि परिषदले १६ गते शुक्रबार उक्तm तालिमको सञ्चालनका लागि नेफ्स्कूनलाई सम्बन्धन प्रदान समेत गरेको नेफ्स्कुनले जनाएको छ ।
नेफ्स्कून र परिषद्बीच सहकार्यमा गत वर्ष नैं यस सम्बन्धी पाठयक्रम निर्माण भई स्वीकृत भएको थियो ।
नेफ्स्कूनले तीन वटा मोड्युलका सहकारी सम्बन्धी तालिमहरु सञ्चालन गरी परिषद्बाट प्रमाणिकरण गराउन सक्ने बाटो खुलेको छ भने यसले सहकारीमा सिपयुक्त जनशक्ति पूर्तिमा सहयोग पुग्ने र रोजगारी सिर्जनामा पनि सहजिकरण हुने देखिन्छ ।
नेपालको सहकारी क्षेत्रमा दक्ष जनशक्ति तयार गरी अभियानलाई थप सुदृढ र बलियो बनाउनको लागि यो कार्यक्रमले सहयोग गर्ने विश्वास लिइएको छ ।
नेफ्स्कूनले तालिम केन्द्र मार्फत हरेक वर्ष दश हजारको संख्यामा विभिन्न विषयहरुमा सहकारी सम्बन्धी शिक्षा तथा तालिम प्रदान गर्दै आएको छ भने यसै वर्षबाट परिषबाट प्रमाणिकरण हुने उल्लेखित तिनवटा तालिमहरु समेत सञ्चालन गर्नेछ । ०००
प्रकाशित: २०७६ फाल्गुण १८

March 1st 2020
प्रतिक्रिया दिनुहोस्