गोर्खाको धार्चेमा राष्ट्रिय क्यानोनिङ महोत्सव हुने, १० जनालाई प्रशिक्षित गरिने
निर्माण सञ्चार, २१ फागुन, काठमाडौं । नेपाल क्यानोनिङ्ग एशोसिएसनले राष्ट्रिय क्यानोनिङ्ग महोत्सव र गाईड प्रशिक्षित गर्ने भएको छ ।
४ नंम्बर प्रदेश गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ को न्याउँली झरना (छाँगा) चैत ६ गतेदेखि १० गते (मार्च २० र २१ तारिख)सम्ममा क्यानोनिङ्ग रन्देभू महोत्सव हुने भएको हो ।
एसियामै पहिलो पटक अन्तर्राष्ट्रिय क्यानोनिङ्ग रन्देभू इ.स २०११ मा आयोजना गरेर विश्वको साहसिक पर्यटकको जमातलाई नेपाल आकर्षित गरेर पर्यटन वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग पुर्याएको नेपाल क्यानोनिङ्ग एशोसिएसनले आफ्नो वार्षिक कार्यक्रम अनुसार पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
विगत ई.स २०१३ देखि २०१९ सम्मा प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र काकानी,धादिङको थाके्र र काठमाण्डुको सुन्दरिजलमा नेपाल क्यानोनिङ्ग रेन्देभूको आयोजना गरिएको थियो ।
वार्षिक कार्यक्रमानुुसार यस वर्ष पनि स्वदेशी तथा विदेशी क्यानोनिङ्ग प्रोफेसनल, पर्यटन व्यवसायी र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराई राष्ट्रिय क्यानोनिङ्ग रन्देभू कार्यक्रम सम्पन्न गरिने भएको हो ।
क्यानोनिङ्ग पर्यटनको विकासका लागि वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दा क्यानोनिङ्ग प्रोफेशनलसहरुले एक आपसमा सिपात्मक ज्ञानको साटा साट गरेर दक्षता हासिल गर्ने र पर्यटन व्यवसायीहरुले पनि प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुने आयोजकले जानकारी दिए ।
राष्ट्रिय तहकै पर्यटनको निकै महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायी तथा सहसिक खेल प्रेमिहरुलाई सहभागिताको लागि पहल समेत गरिएको छ ।
साथै यस विधालाई सुरक्षित व्यवसायिक विकासका लागि छाँगा वरोहणको तर्फबाट राफ्टिङ्ग जस्तै गरि क्यानोनिङ्ग विधाको पर्यटकीय विकासका गर्न सबै क्षेत्रको सहयोगको अपेक्षा पनि नेपाल क्यानोनिङ्ग संघले गरेको छ ।
नेपाल क्यान्योनिङ एसोसिएसानको आयोजक, धार्चे गाउँपालिकाको साह–आयोजक, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धन तथा अन्य पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्था र व्यवसायीहरुको सहयोगमा हुन लागेको यस रन्देभूमा ३०० भन्दा बढि सहभागीहरु रहने भएका छन् ।
१० जनालाई धार्चे गा.पा.को लोकल स्थानिय सहभागीहरुलाई entry लेभल क्यानोनिङ्ग गाईड तालिम दिईने छ ।
०००
प्रकाशित: २०७६ फाल्गुण २१
प्रकाशित: २०७६ फाल्गुण २१
March 4th 2020
प्रतिक्रिया दिनुहोस्