नेपाली समय: ०३:४५:५२ अपरान्ह
वि.सं २०८३ साउन ५   मंगलवार

निर्माणाधीन पुल ढल्यो, तीन कामदार घाइते

निर्माण सञ्चार, २१ फागुुन, गोरखा । गोरखामा निर्माणाधीन पुल ढल्दा तीन जना कामदार घाइते भएका छन्।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल भत्किएको हो । 

पुल निर्माणको काममा खटिरहेका तीन जना कामदार घाइते छन्। घाइते दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको गोरखा प्रहरीले जनाएको छ। 

काठमाडौं ल्याइएका घाइते सुनिल चौधरीलाई गम्भीर चोट लागेको छ भने अन्य दुई जना सामान्य छन् । 

निर्माणाधीन पुलको लम्बाई ४३ मिटर थियो। ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो। पुल ढलानका लागि तीन हजारभन्दा बढी टेका लगाइएको थियो।

टेका राम्रोसँग जमिनमा नअडेका कारण पुल भत्किएको हुनसक्ने स्थानियको भनाई छ । 

पुल निर्माणको जिम्मा गौरी–पार्वती निर्माण सेवाले पाएको थियो।

 

 

०००



प्रकाशित: २०७६ फाल्गुण २१
March 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार