शिक्षक हुन् कि आतंककारी ! जडीबुटीको जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कम अंक ल्याएको भन्दै चिरिन् विद्यार्थीको हात ब्लेडले !
निर्माण सञ्चार, २५ फागनु, काठमाडौं। शिक्षक पनि यतिसम्म क्रुर ! अमानवीय हुन्छन् होला र ? तर, भयो यस्तै ।
जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलले विद्यार्थीको हात ब्लेड लगाएर चिराइन् । यतिबेला उनी प्रहरी हिरासतमा पुगिसकेकी छन् ।
उनले कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको पाखुरामा धारिलो ब्लेडले चिराचिरा पर्ने गरी काट्न लगाएको खुलेको छ ।
विद्यार्थीलाई यातना दिएको खबर पछि विद्यालयले उनलाई पनि निष्कासन गरेको जनाएको छ । विद्यार्थीलाई यातना दिने उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले आइतबार पक्राउ गरेको हो । प्रहरी वृत्त बानेश्वरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको बारेमा आज जानकारी पाए लगत्तै पक्राउ गरेको बताएका हुन् ।
जडिबुटीमा रहेको जागृति एकेडेमीकी ती शिक्षिका कर्माचार्यले कक्षा ६ मा अध्ययनरत २५ जना र कक्षा ७ मा अध्ययनरत ९ जना गरी ३४ विद्यार्थीको हात बेन्चमा उभ्याएर ब्लेडले चिर्न लगाएकी थिइन् ।
शिक्षिका कर्माचार्यले एक साताअघि परीक्षा लिएकी थिइन् । त्यतिबेलै उनले कम अंक ल्याउने विद्यार्थीले आफ्नो हात आफैंले ब्लेडले चिर्नुपर्ने नभए आफैंले चिरिदिने धम्की समेत दिएको कुरा समेत पीडित विद्यार्थीहरुले बताएका छन् ।
विगत १२ वर्षदेखि उनले सोही स्कुलमा सामाजिक विज्ञान विषय पढाउँदै आएकी थिइन् ।
०००
प्रकाशित: २०७६ फाल्गुण २५
प्रकाशित: २०७६ फाल्गुण २५
March 8th 2020
प्रतिक्रिया दिनुहोस्