नेपाली समय: ०१:५५:०७ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

एमबीबीएसका अध्यापनका लागि आवश्यक पूर्वाधार तयार

निर्माण सञ्चार, २८ फागुन, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस अध्ययनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । 

एमबीबीएस तहको पठनपाठनको तयारीका लागि आवश्यक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । 

मेडिकल काउन्सीलको अनुमती र प्रतिष्ठानको सातौ सिनेट बैठकको निर्णय अनुसार एमविविएस संचालन तथा पूर्वाधा व्यवस्थापनका लागि ६ अर्व विनियोजन गर्ने भनिएको थियो । सोहि अनुसार प्रतिष्ठानमा  चिकित्साशास्त्र अध्ययन तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी पुरा भएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले चिकित्सक तयारीको पूर्वाधारमा अब्बल भएको दाबी गर्दै एमबीबीएस पढाइका लागि तयारी अबस्थामा रहेका बताएको छ  । प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाले प्रतिष्ठानमा एनाटोमी कक्ष, आईसीयू, एनआईसीयू कक्ष, इमरजन्सीदेखि विभिन्न वार्डको स्तरवृद्धि, जनशक्ति आपूर्ति गर्ने काम भइरहेको बताए । उनले प्रतिष्ठानमा एमबिबिएस संचालनो तयारीका बारेमा प्रदेश,स्थानीय सरकार तथा स्थानीय प्रशासनसहित आम सरोकारवाला निकायलाई अवलोकन गराइएको छ । 

एमबिबिएस अध्यापनका लागि पूर्वाधार तयार गर्न जुम्ला पुगेका प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीसहितको टोलीले प्रतिष्ठानमा विद्यार्थीको प्रयोगात्मकका लागि आवश्यक एनाटोमी प्रयोगशाला, इमरजेन्सी कक्ष, जनरल वार्ड सबै स्तरवृद्धि भएकाले पूर्वाधार लगभग अन्तिम अवस्थामा पुगेको निष्कर्ष दिएको हो ।  

अहिले एमबीबीएस अध्ययन गर्ने विद्यार्र्थीका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, आधुनिक मेडिकल सामग्री तयार भएको छ । प्रा.डा. उप्रेतीले भने, ‘प्रतिष्ठानमा सक्कल मानिसका शरीरसहितका आवश्यकता अनुसारका अङ्गसमेत कानुनी रूपमा विद्यार्थीको अभ्यासका लागि भित्राइएको छ ।’ 

मन्त्रीद्वारा अनुमगन

एमबिबिएस अध्यापनका लागि प्रतिष्ठानले तयार गरेको  पूर्वाधार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अनुमगन गरेका छन् । 

मन्त्री सहित  जिसस प्रमुख लालबहादुर सार्की, निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश श्रेष्ठसहित सरोकारवालाले पूर्वाधार सामग्री तथा स्तरवृद्धि भइरहेका विशेषज्ञ सेवाको अनुगमन पनि गरेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लले बताए । 

कानुनमन्त्री भण्डारीले एमबीबीएस तहको पठनपाठनलाई प्रभावकारी रुपमा संचालनका लागि सरकारले निरन्तर पहल गर्ने बतताए ।  कुनै बेलासिटामोल नपाएर ज्यान गुमाउने कर्णालीमा एमबिबिएस संचालन गर्नु गर्भको कुरा हो । 

प्रतिष्ठानको स्तरबृद्धिमा प्रदेश सरकारले आबश्यक सहयोग गर्ने मन्त्री भण्डारीको भनाई छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, ब्लड बैङ्क, एक्स–रे, आईसीयू कक्ष, एनआईसीयू कक्ष, सिटी स्क्यान, प्रयोगशालाले सेवा दिइरहेको छ । 

प्रतिष्ठानका निर्देशक डा। मङ्गल रावलले यहाँका महिलालाई बच्चा सजिलै जन्माउन नसके शल्यक्रिया गरेर धेरै आमाको ज्यान जोगिने गरेको, कर्णाली प्रदेश र पिछडिएको क्षेत्रमा मोबाइल सेवा र विशेषज्ञ डाक्टरसमेत खटाइने भएको छ । 

 

०००



प्रकाशित: २०७६ फाल्गुण २८
March 11th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्