सनराइज बैंक र जीएमई रेमिट्यान्सबीच सम्झौता
निर्माण सञ्चार, ०२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था सनराइज बैंक लिमिटेड र GME Remittance बीच रेमिट्यान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र GME Remittance का प्रबन्ध–निर्देशक दिवाकर पौड्यालले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूले सनराइज रेमिटमार्फत् पठाएको रकम GME Remittance का नेपालभर रहेका ८,००० भन्दा बढी एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् ।
सम्पूर्ण ग्राहकले सनराइज रेमिटमार्फत् सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।
हालसम्म सनराइज बैंकले एक सय ३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, नौ वटा एक्सटेन्सन काउण्टर र एक सय ५४ वटा एटीएममार्फत् आफ्ना करिब छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
०००
प्रकाशित: २०७६ चैत्र २
प्रकाशित: २०७६ चैत्र २
March 15th 2020
प्रतिक्रिया दिनुहोस्