नेपाली समय: ०४:२१:३१ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

लकडाउनको समयमा अत्यावश्यक औषधी घर–घरमा पुर्याइदिने भोज भन्छन्– ‘औषधी खान नपाएर कसैको देहत्याग नहोस्’

निर्माण सञ्चार, २७ चैत, कैलाली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १ सय ८८ देशमा फैलिएर करिब १५ लाखभन्दा बढि मान्छे कोरोनाबाट संक्रमित रहेको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ जनाएको छ ।

कोरोनाको त्रासले विश्व नै स्थिर लकडाउमय भइरहेको अवस्थामा कैलालीका भोज साउद भने सहरका गल्ली गल्ली हुदै गाउँका कुना कन्दरातिर दिन रात नभनी दौड धूपमा लागिपरेका छन् । 

पछिल्लो समय निजि स्वास्थ्य संस्थाहरुले अस्पतालमै गएका बिरामीलाई हेर्न छोडेको आरोप लागिरहेका बेला साउद भने आफै मैदानमै उत्रीएर समाज सेवा गरीरहेको भन्दा कतिलाई विश्वास नलाग्न सक्छ ।

साउद यस्तो भयावह अवस्थामा अनवरत्न रुपमा अत्यावश्यक औषधीको खाचो परेको ठाउँमा एक कल फोनको भरमा आफ्नो ज्यानको प्रवाह नगरी विरामीको घर–घरमा औषधी पुर्याइदिने गरिहेका छन् । 

दिनप्रतिदिन झन झन फैलिदै गइरहेको कोरोना भाईरसको जोखिमबाट बच्नको लागि सरकारले चैत ११ गते सुरु गरेको लकडाउनको अवस्था नसुध्रिएका कारण तेस्रो पटक समेत थप गरिरहेको लकडाउन कारण सामान्य मानिसलाई घर बाहिर जान पाउनु सिँहदरबार जानु सरह भएको छ । 

विपद्को समयमा कुनै पनि मान्छेले औषधी नपाएर मर्नु नपोरोस भनी विरामीको घरमै गएर अत्यावस्यक औषधी पुर्यादिने गरेको साउदले बताए ।  

साउदले भने ‘मैले कुनै पब्लिसिटीको लागि काम सुरु गरेको होइन ताकि यस्तो भयावह अवस्थामा समाजमा अन्य मान्छेलाई समाज सेवामा प्रेरणा मिलोस र औषधी खान नपाएर कसैको देहत्याग नहोस् भनी विरामीको घरदैलोमा औषधी पुर्यादिन आफै दौडिहेको छु ।’  

यसअघि साउदले चैत्र २३ गते कोरोना भाईरसको जोखिमका कारण गरिएको लकडाउनमा गोदावरी नगरपालिका भित्र नियमित औषधी खाने बिरामीले औषधी नपाएको भए घरघरमै औषधी पुगाउने भनेर सामाजिक सन्जाल फेसबुकमा आफ्नो नम्बर खुलाएर स्टेटस हालेका थिए ।

मालाखेती अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका साउँदले करिब ३० जनाको लागि घरमै औषधी पुर्याइसकेका छन् भने आगामी दिनमा समेत समाज सेवामा निरन्तरता दिने बताए ।
मालाखेती ढकैवा टोलका कालु बोगटी करिब २ वर्ष अगाडि काठमाडौं गएर नसाको सल्यक्रिया गरी घर फर्किए ।

उनले बाचुनजेल औषधी नियमीत खानुपर्ने बताउँछन् । छोराले काठमाडौंमा औषधी पठाइदिने गरेको तर यो महिना औषधी सकिनलाग्दा समेत औषधी घरमा आइपुगेको थिएन । 

छोरालाई फोन गररे औषधी कहिले आइपुग्छ भनेर सोध्दा बुवा लगडाउनको अवस्था भएकाले घर बाहिर निस्कन गाह्रो छ । जिल्ला प्रसाशन कार्यालयमा पौच वालाहरुले मात्र सवारी पास पाउने गरेको र आफु आउन नसक्ने  भएकाले कसरी औषधी पठाइदिउ भनेर छोराले भन्दा सारै चिन्ता लागेको थियो तर छोराले फेसबुकबाट भोज साउद बावुले अत्यावश्यक औषधी घरमा पुर्यादिने लेखेको देखेपछि छोराले उहाँलाई फोन गर्दा भोज बावुले औषधी घरमै पुर्यादिन्छु भन्नु भयो रे बल्ल मैले बाच्न पाउने भए सोचेर श्वास फेरे ।

नभन्दै दिउँसो तिर भोज बावु औषधी पुर्याउन घरमै आउनु भयो । उहाँ आउदा भगवान नै आएको जस्तो लाग्यो । विरामी बोगटीले बताए ।  

 

०००



प्रकाशित: २०७६ चैत्र ४
March 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार