नेपाली समय: ०७:५५:४२ बेलुका
वि.सं २०७७ साउन २४   शनिवार

छाङरूमा बन्ने भो सशस्त्र पोस्टः ११ करोडको टेन्डर आह्वान, चीनतिरको तिङ्करमा पनि पोस्ट बन्ने

निर्मिाण सञ्चार, ९ जेठ, काठमाडौं । दार्चुलाको छाङरूमा नयाँ सीमा रक्षा सशस्त्र प्रहरी पोस्ट बसेलगत्तै सशस्त्र प्रहरी बलले सोही ठाउँमा आफ्नो भवन बनाउने भएको छ ।

अस्थायी रुपले भाडामा राखिएको यो पोस्ट नजिकै नयाँ भवन निर्माणका लागि भरखरै मात्र ११ करोड सहितको बोलपत्र आह्वान गरेको हो।

सो ठाउँमा १६० जना फौज रहने गरी सशस्त्रको गुल्म स्थापना गरिने गृहमन्त्रालयको भनाइ छ ।

गृहमन्त्रालय अनुसार अब केही दिनमै यही मातहत रहने गरी कालापानी नजिकैको रहेको कौवामा र चीनसँगको सीमा तिङरमा पनि थप २ वटा सीमा सुरक्षा पोस्ट (बिओपी) राख्ने तयारी भइरहेको छ । 

सरकारले नेपाली भूभाग लिपुलेक मिचेर एकतर्फी बाटो खोले पछि जवाफका रुपमा नयाँ नक्सा सहित लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । 

यसअघि लिपुलेकमा भारतीय पक्षले एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि वैशाख ३१ गते सशस्त्र प्रहरीले लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि टोली तैनाथ गरेको थियो।  

सीमारक्षाका लागि पठाइएको उक्त सशस्त्रको टोलीको सीमा निगरानी चौकीमा २५ जनशक्ति सहितको सशस्त्र प्रहरी रहेको छ ।

०००



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार