
सोमबारदेखि २५ गतेसम्म नेपालगञ्जमा कर्फ्यू !
निर्माण सञ्चार, २२ वैशाख,। नेपालन्जमा भोलि (सोमबार) देखि २५ गतेसम्म कर्फ्यु लाग्ने भएको छ ।
लागातर कोरोना संक्रमितको संख्या बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको हो ।
सोमबार दिउसो बसेको जिल्ला प्रशासन कार्यालय सहितको सर्वदलीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गर्ने निर्णय लिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र कायम गरिने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी गराएका छन् ।
यसले गर्दा संक्रमितबाट अन्यमा संक्रमण हुन दिने छैन । संक्रमितहरु सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको छ ।
०००
प्रकाशित: २०७७ बैशाख २२
कर्फ्युको समयमा के गर्न निषेध ?
वैठकले गरेको निर्णय अनुसार कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न पाइने छैन । पछिल्ला दिनसम्म बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । खजुरा गाउँपालिका भित्र र बाहिरका सबै नाका बन्द जिल्ला प्रशासनले गरेको निर्णय अनुसार बाँकेको खजुरा गाउँपालिका जाने र आउने सबै नाकाहरू समेत बन्द गरिएको छ । सो गाउँबाट सीमा जोडिएको नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको हो । सो गाउँको वडा नम्बर ५, ६, ७ र ८ लाई पनि पूर्णरुपमा लक गरेको छ ।यसले गर्दा संक्रमितबाट अन्यमा संक्रमण हुन दिने छैन । संक्रमितहरु सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको छ ।
०००
प्रकाशित: २०७७ बैशाख २२
May 4th 2020
प्रतिक्रिया दिनुहोस्