नेपाली समय: ०४:२२:५२ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

कोरोनाः सतर्कता र सावधानीबाट जित्न सकिने रोग, शैक्षिक क्षेत्रमा यसरी गरौं अवसरको सदुपयोग

संसारका हरेक व्यक्तिमा सकरात्मक र नकरात्मक भावना र सोचहरु रहेका छन् । हामी नेपालीहरुमा पनि यो सोच छ । तर तुलनात्मक रुपमा हेर्ने हो भने सकरात्मक भन्दा नकरात्मक सोच हावी भएको महशुश हरेक व्यक्तिले गरिरहेका छौं । 

सैद्धान्तिक ऐनामा विचारको प्रतिबिम्बन

मानिसको पचिान उसको विचारबाट हुन्छ, स्वभावबाट हुन्छ र सोच्ने शैलीबाट हुन्छ । राम्रो र असल सोचे मानिस असल बन्छ नराम्रो र खराब सोचे खराब बन्छ । त्यसैले

  • कोरोनाः सतर्कता र सावधानीबाट जित्न सकिने रोग, शैक्षिक क्षेत्रमा यसरी गरौं अवसरको सदुपयोग
भनिन्छ नि नकरात्मक सोचका साथ कुनै असल तथा राम्रो काम गरिएको छ भने पनि त्यसको खराव परिणाम आउँछ र सकरात्मक सोचका साथ कुनै अलि तुलतनात्मक खराब काम गरिएको भए पनि सही र सरल तथा सहज परिणाम आउँछ ।

सकारात्मक सोचले मानिसलाई असल बनाउँछ, राम्रो बनाउँछ जसबाट मानव सभ्यता असल र राम्रो बन्दछ । 

‘सकारात्क सोच नै मानिसको जीवनको ऊर्जा हो । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ’ भन्ने प्रसिद्ध भनाइले हामीलाई यसको महत्त्व र उपादेयता स्पष्ट पार्दछ । 

सकारात्मक सोचलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले प्रयोग गर्ने हो भने जीवन र जगत राम्रो हुन्छ । हाम्रा सामाजिक, आर्थिक, राजनीतिक र समग्र पक्षहरु सबल हुन्छन् । 

जीवन र जगतको स्वरूप नै उत्कृष्ट सुन्दर बन्दछ ।

यो हेलेन केलरको भनाईलाई हेरौं, "Keep your face to the sunshine and you cannot see a shadow"  हामी नराम्रो पाटो तिर बढी अभिरुचि राख्छौं । हामी कालो धब्बा र राँटाहरु मात्र खोज्छौं । घाम तिर नहेरेर छाँया तिर फर्कन्छौँ र घाममा भएको प्रकाश नदेखेर छाँया मात्र देख्छौं । 

हामी सकारात्मक सोचप्रति आकर्षित हुन गरुरी छ । नकारात्मक सोचको घरले गर्दा हामी हरेक क्षेत्रमा पछाडि परिरहेका छौं ।
विष्टर्न चर्चिलले भनेका छन्, ‘निरासावादी व्यक्ति हरेक अवसरमा समस्या देख्छ, तर आसावादी व्यक्ति भने हरेक समस्यामा अवसर देख्छ ।’

यो भनाइले प्रस्ट पारेको छ, समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर मानिसको सोचाइ मात्र हो । समस्या र समाधान एउटै सिक्काका दुई पाटाहरु हुन् । जहाँ समस्या त्यहाँ समाधान, यो त धु्रवसत्य कुरा हो । 

समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ तसर्थ समस्या आउँदा आँटिलो, साहसिलो र दर्विलो हुनु पर्छ । खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ । डराउने होईन, भाग्ने होईन समस्याको जुझेर समाधान गर्नुपर्छ ।

सकारात्मक सोचले हामीलाई सफलताको शिखरमा पुराएरै  छाड्छ ।

"The most important thing is to try and inspire people so that they can be great in whatever they want to do."  Kobe Bryant को भनाईसँग जाने हो भने पनि हामीले थाहा पाउँछौ मानिसलाई हौसला र उत्साह दिनु पर्छ अनि मात्र मानिस ठूलो हुन सक्छ र उ आफु संलग्न भएको क्षेत्रमा सफल बन्न सक्छ ।

विचार र कल्पनालाई परिवर्तन गरेमा सवै परिवर्तन हुन सक्छ,गर्न गराउन सकिन्छ । तेसैले Norman Vincent Peale भन्छन्, “Change your thoughts and you can change your world.”

हाम्रो सन्दर्भमा

विचार भावना र कल्पना अनि योजना असल भयो भने सवै प्रकारका समस्या, नकरात्मक अवस्था, विपत्ती र महामारीमा पनि सकरात्मक नतिजा निकाल्न सकिन्छ भन्ने प्रमाण त वि.सं. २०७२ को नेपालको विनाशकारी भुकम्पलाई पनि लिन सकिन्छ । 

भूकम्पले क्षतविक्षत वस्तिहरु पूनः निर्माण भएका छन्, विद्यालय र सामाजिक क्षेत्रको तीव्र विकास भएकोछ । पहिलाको भन्दा मानवीय र केही मात्रामा आर्थिक क्षति भएतापनि समाजको विकासक्रममा त्यसपछि थोरै भएपनि सुधार र विकास भएको छ । 

नराम्रो सँगै  राम्रो, खराव सँगै असल र समस्या सँगै समाधान अएको हुन्छ । हामीले के हेर्ने के खोज्ने भन्ने कुरा नै प्रमुख हो । 

कोरोना भाइरसको सन्दर्भ र सतर्कताबारे

अहिले कोरोना भाइरस सम्बन्धमा व्यापक चर्चा भइरहेको छ । यसको कारण संसारमा हाहाकार भईरहेकोछ । अव थोरै यसको चर्चा गरौं । यो भाइरस सन् २०१९ कोे डिसेम्बरमा पत्ता लागेको थियो ।

जनावरबाट सर्ने यो भाइरस विभिन्न प्रकारको रहेकोमा ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यो भन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको पाईकोछ । 

छिमेकी मुलुक चीनबाट सुरु भएको यो भाइरस माथि चिनले नियन्त्रण गरेको बारेमा विभिन्न सामाजिक संजालमा आईसकेकोछ । बिबिसीले बेइजिङमा तयार गरेको रिपोर्ट अनुसार मानिसहरु बाहिर निस्किन थालेका छन् । 

अब त्यहाँ मानिसहरुले फेरि सामान्य दैनिकीमा फर्किन पाएकोमा खुसी व्यक्त पनि गरेका छन् । चिनियाँ अधिकारीहरुले पनि यो महामारी अब चीनमा नियन्त्रणमा आइसकेको दाबी गरेकाछन् । ‘मानिसहरु आफ्ना बच्चाहरु लिएर बाहिर निस्किइरहेका छन् । 
यसल चीनको माहोलमा खुसी छाएकोछ । 

बिबिसीसँग कुराकानीमा एक चिनियाँ महिलाले भनेकी छिन्, ‘अब सबै कुरा नियन्त्रणमा आएको छ । हामी दुई महिना घरभित्र बस्यौँ, अब बाहिर आउन पाउँदा खुसी हुने नै भयो ।’ 

तर अहिले यसको आतंकले अहिले युरोप महादेश र अमेरिका लगायत संसारभर आतंक सृजना गरेकोछ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् भने नेपालले यसमा उच्च सावधानी अपनाउन  सल्लाह दिएका छन् ।

कोरोना लागेको जान्ने कसरी ?

रुघाखोकी लाग्ने, ज्वरो आउने थकान हुने यसका प्रारम्भिक लक्षणहरु हुन् । यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमशः उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । 

कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ । यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

जोगिने कसरी ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । नेपालको परिवेशमा 'Prevention is better than cure' भन्दा असल र उत्तम बाटो हरु हुन सक्ने अवस्था देखिएकोछैन । 

तसर्थ रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । 
आत्मबल बढाउने हो र समस्या भएको शंका भएको अवस्थामा नजिकको स्वास्थ्य संस्थामा जाने र उपचार लिने हो ।

शैक्षिक सन्दर्भ र कोरोना प्रकोप

नेपाल सरकारले नेपालमा संचालन हुन लागेको कक्षा १० को अन्तिम परीक्षा लगायत सवै विश्व विद्यालय र प्राविधिक शिक्षालय लगायत लोक सेवा आयोग लगायतका सवै परीक्षाहरु स्थगित गरेकोछ । 

शैक्षिक निकायहरुमा विदा दिई वन्द गरिएको समयमा शैक्षिक क्षेत्रमा र खासगरि विद्यालयका धेरै कामहरु सम्पन्न गर्न सकिने अवस्था सृजना भएकोछ । विद्यालयमा बालवालिकाहरु आ–आफ्ना घर गाउँमा गएता पनि अवस्था सामान्य भएपछि सवै बालवालिकाहरु आफ्ना विद्यालयमा फर्कनेछन् ।

अहिले विद्यालयका बालवालिकाहरुको लागि विद्यालय बिदा भएपनि शिक्षक कर्मचारीहरुका लागि विदा होईन भन्ने विषय त काठमाडौँ महानगरपालिकाले चलानी नं. ८२३ मितिः २०७६।१२।०६ गतेको सुचनाले स्पष्ट पारेकोछ । 

यस्तो बेलामा शिक्षक कर्मचारीहरु राष्ट्रले खटाएको ठाउँमा जान पर्ने मात्र होईन अहिले भएको क्षतिलाई पूर्ति गर्न र कक्षा संचालन पछि के गर्ने भन्ने तयारीगर्न सबै सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु लाग्न जरुरी देखिन्छ ।

शैक्षिक संस्थाहरुमा यसो गर्दा कसो होला ?

त्यसो भए यो समयमा विद्यालयहरु तथा विश्वविद्यालय तथा क्याम्पसहरुमा के गर्न सकिन्छ त ? 

१. समन्वयात्मक भूमिकाः

क) स्थानीय तह र सो मातहतका शाखाहरुसँग समन्वय कायम गर्ने ।
ख) क्लवहरु, सामाजिक संघ संस्थाहरु सँग मिलेर काम गर्ने ।
ग) जनचेतनामुलक कार्यक्रम, सुचना संचारको प्रयोग मार्फत सचेत बनाउने ।
घ) सरकारी र गैर सरकारी निकायका कार्यमा अनुगमन र सहजीकरण गर्ने ।
ङ) अनावश्यक हल्ला र गलत अफवाहको विरुद्ध मिलेर भ्रम चिर्ने ।
च) स्वास्थ्य निकाय र संस्थाहरुलाई सहजीकरण गर्ने ।
छ) नेपाली सेना, जनपथ प्रहरी, शसश्त्र प्रहरी र सुरक्षा निकायका कामहरुमा सहजीकरण गर्ने ।
ज) चोरी, लुटपाट, डकैती, कालाबजारी नियन्त्रणका लागि सामुहिक प्रयासमा सहभागि हुने ।
झ) समाज टोल  र वस्तिको आशाको रुपमा रहने र सोही बमोेजिम कामगर्ने ।
ञ) विभिन्न निकाय र विभाग तथा शाखाहरु वीचको समन्वयमा सहयोग गर्ने ।

२. विद्यालयका भौतिक पूर्वाधारहरुका कार्यहरु गर्ने

क) डेस्क वेन्च फर्निचर मर्मत र रंगरोगन गर्ने ।
ख) भm्याल, ढोका, खापा, चौकोश निर्माण मर्मत–संभार गर्ने ।
ग) छेस्किन चुकुल, आग्ला, गजवार लाग्ने बनाउने मर्मत गर्ने ।
घ) कक्षा कोठा र विद्यालयहरुको सरसफाई तथा रंगरोगन गर्ने ।
ङ) शौचालय, पानीको श्रोतहरु, मुल, ट्याङ्कि, धारा, ईन्सिनेरेशन आदिको कामगर्ने ।
च) तार जाली, घेरावार, वाल पर्खाल, विद्यालयको जग्गा सुरक्षाका कामहरु गर्ने ।
छ) फुलवारी, वगैचा, हरित विद्यालय, गमला व्यवस्थापन लगायत अन्य कामहरु गर्ने ।
ज) पानी चुहिने छत, जस्तापाता, छाना मर्मत लगायतका कामहरु गर्ने ।
झ) नगरपालिका, साँसद विकास कोष, प्रदेश सरकारमार्फत विद्यालयमा प्राप्त योजनाहरु पूरागर्ने ।
ञ) फोहोर व्यवस्थापनका लागि वकेट, खाल्डो वा संकलन गर्ने ठाउँको तयारी गर्ने ।
ट) विद्यालयमा बैकल्पिक उर्जाको व्यवस्थाका कामहरु सम्पन्न गर्ने ।
ठ) Science Lab, Computer lab, Language Lab, First Aid Room, Canteen, Waiting hall, Meeting Hall, Account Section, Public Relation Section, Suggestion and Complain Section आदिको छुट्टा छुट्टै तयारी गर्ने र व्यवस्थापन गर्ने ।

३. शैक्षिक क्षेत्रका कार्यहरु गर्ने 

क) वार्षिक कार्ययोजना निर्माण गर्ने ।
ख) वार्षिका कार्यपात्रो तयार गर्ने ।
ग) वार्षिक रुपमा प्रयोग गर्न मिल्ने शैक्षिक समग्रीको निर्माण गर्ने ।
घ) शिक्षक कर्मचारीहरुलाई ICT, Computer, Power Point preparation and Presentation, Google class आदिको तालिम दिने ।
ङ) शिक्षामा Science and Technology  को प्रयोगको वारेमा कार्यशाला चलाउने ।
च) TIP, Social Audit, SARP, LOCOS, SIP, ASIP, Emis, Lesson Plan, CAS, Education Software  आदिको तयारीको काम गर्ने ।
छ) Terminal Examinations, Mid- Terms, Annual Exams, Practical Exams, Teachers' and Students Attendance, Teaching Practices, Registrations, Exam लगायतका कक्षा ११ र १२ तथा सम्वन्धि तहका लागि आवश्यक फारम फरमेट बनाउने र अन्य सम्वन्धित कार्यहरु गर्ने ।

ज) उत्तरपुस्तिका परीक्षण नतिजा तयारी, परीक्षा समिक्षा र विश्लेषण लगायतका कामहरु गर्ने ।
झ) विद्यालयका भौतिक, शैक्षिक तथा अन्य सुधारका लागि आवश्यक कामहरु गर्ने ।
ञ) सामाजिक सम्वन्ध सुधार, विद्यालयहरुका सम्वन्ध जस्ता विषयहरुमा योजना बनाउने ।
ट) विद्यार्थीहरुका लागि सामाजिक संजाल तथा ईन्रनेटको प्रयोगबाट कक्षा सञ्चालन गर्ने र उनीहरुको ज्ञान प्राप्त गर्ने शिक्षा प्राप्त गर्ने अवसरलाई  विस्तार गर्ने ।
ठ) अनलाईन, अफलाईन तथा भर्चुअल कक्षा र सामाजिक संजालमा अनुमति लिई कक्षा संचालन र व्यवस्थापन गर्ने । 
ड) कार्यमुलक अनुसन्धान, परियोजना कार्य, घटना अध्ययन जस्ता कृयाकलापमा शिक्षकहरुलाई सहभागि गराउने सो सम्वन्धि कार्यहरु गर्ने ।
ढ) विषयगत समितिहरु गठन गर्ने, समितिहरुको वार्षिक कार्ययोजना वनाउने र अन्तर समिति तालिमहरु संचालनगर्ने ।
ण) विद्यालयको अवस्था, शिक्षक विद्यार्थी संख्या, आर्थिक क्षमता र अन्य अभिलेखका आधारमा विद्यालयका क्ध्इत् ब्लबथिकष्क गर्ने ।
त) फोन , मोबाईल फोन र अन्य संचारका साधनहरुको माध्यमबाट अभिभावकसँग सम्पर्क समन्वय कायम राखिरहने । 
थ) वार्षिक अतिरिक्त कृयाकलापको कार्यक्रम निर्माण गर्ने ।
द) पुस्तकालयलाई अध्ययन थलोका रुपमा विकास गर्ने शिक्षकहरु पढ्दैनन् भन्ने कुरालई अन्त गर्न र भनाईमा रहेको वास्तविकताई चिर्न र अध्ययन बानीको विकासगर्न अध्ययन गर्ने र कुनै पुस्तक अध्ययन गरेपछि दैनिक शेयरिङ्ग तथा छलफल गराउने ।
ध) हाजिरी जवाफका लागि पाठ्यक्रम विद्यालयगत रुपमा तयार गरि आफ्नै विद्यालयमा हप्तामा २ पटक शिक्षक हाजिरी जवाफ कार्यक्रम संचालन गर्ने आदि ।

मार्ग दर्शन सहित अन्त्यमा

संसार कोरोना भाइरसको कहरबाट गुज्रीरहेको छ र यो भयानक स्वास्थ्य चुनौतीसँग जुध्नका लागि यतिबेला मुलुक रक्षात्मक अवस्थामा उभिएको छ । 
स्वास्थ्य सुविधा  र क्षमता तथा संयन्त्र कमजोर भएको हाम्रो मुलुकलाई यो संकटको सामना गर्न त्यती सहज छैन । जन–चेतनाका लागि सन्देश प्रवाह गर्नेदेखि अन्य

सरोकारवालाहरुको आशाको केन्द्रको रुपमा विद्यालयका शिक्षकहरुले काम गर्नुपर्ने अवस्था आएको छ । 

जब जब देशमा संकट पैदा हुन्छ तब तब देशका शिक्षित वर्ग र शिक्षकहरुको नेतृत्व अकाट्य देखिएकोछ, जुनकुरा दिनको घाम जतिकै प्रष्ट र छर्लङ्गछ ।  सामान्य नागरिक र सर्वसाधरणमा भय, भ्रम र अफवाह फैलिएको छ ।

कोरोना भाइरसको चपेटामा परिने हो कि भन्ने कुराले सवैजना आतंकित भएकाछन् । ग्यास, चामल लगायत अन्य खाद्य वस्तुको अभाव हुने डरले दैनिक उपभोग्य बस्तुको संकलन गर्नतर्फ उपभोक्ताहरु लागेका छन् । 

आफ्नो दैनिक पेशा व्यवसाय र काम–व्यवहार छाडेर लाखौं सर्वसाधरण गाउँ फर्कदै छन् । सहरबाट बाहिर जाने व्यक्तिहरुको संख्या लाखौंको संख्यामा पुगेकोछ । शिक्षक वर्ग भलै मान सम्मान र इज्जतमा क्रमशः पछाडि पारिएको भएता पनि ‘राज्यको गहना’ भएको कुरामा दुविधा छैन । 

अन्य पेशा व्यवसायमा लागेका मानिसहरु अग्रभागमा आउन सकिरहेका छैनन् । समाजका अन्य तह र तप्काका व्यक्ति व्यक्तित्वहरुलाई समेत यो महान कार्यमा लगाउने र यो कठिन घडिमा सँग सँगै लिएर जाने जिम्मा पनि शिक्षक वर्गकै हो । 

चिकित्सा तथा स्वास्थ्य क्षेत्रका मानिसहरुको मनोबलको वृद्धि गर्ने र समाजलाई उत्साह दिने काम पनि गर्ने काममा हामी चुक्नु हुन्न । 

राज्यले जसरी सर्वसाधरणलाई सचेत र सूचित गरिरहेको छ, यसमा शिक्षक कर्मचारी र शिक्षा क्षेत्रका मानिसहरुको पनि प्रमुख भूमिका हुन्छ । सरकारले भन्दा वढि काम यो क्षेत्रले गर्न सक्छ । 

सतर्कता, सचेतना, व्यक्तिगत सरसफाई, उपचार, मानसिक तन्दुरुस्ती जस्ता विषयमा शिक्षक कर्मचारी तथा शिक्षा क्षेत्र लाग्न जरुरीछ । सर्वसाधरणलाई आतंकित नहुन, भ्रमित नहुन, चिकित्सकहरुलाई उच्च मनोबल कायम राख्न हामी सवै लाग्न जरुरीछ । 

जो सँग राम्रो भावना छैन, सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर अरुलाई सरापेर समय गुजार्छ । विद्यालयमा काम गर्ने शिक्षक जस्को सकारात्मक सोचछ उनीहरु भविष्यमा नेतृत्वको चुलीमा पुग्न सक्ने संभावना छ । 

नकारात्मक सोच भएकाहरु विद्यालय समाज र परिवारको भार बनेका उदाहरण हाम्रै वरिपरि स्पष्ट रुपमा देखिएका छन् । 

स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकारसँग समन्वय र सहकार्य गरि समयको सदुपयोग गर्न सके विद्यालयको शैक्षिक उपलव्धीमा हुन सक्ने क्षतिलाई कमगर्न सकिन्छ । 

विद्यालय खुल्ने वित्तीकै असल शिक्षा दिन सकिन्छ । यो जटिल परिस्थितिलाई नेपाल सरकारको निर्देशन र नीति भित्र रही समयको अधिकाधिक प्रयोग गरी विद्यालयलाई अझै मजबुत बनाउने, सबल र सक्षम बनाउने तथा समाजमा रहेको डर, त्रास र मनोदशालाई कमगरी सुन्दर भविष्यका लागि वढ्न सकिन्छ । 

...

बाँयाँ कोरोना सुरक्षा र कोरोनाकालीन विद्यालय झल्कने सूच्य तस्वीर, दायाँ लेखकको तस्वीर 
लक्ष्मण श्रेष्ठ

(लेखक श्री बालविकास माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटमा कार्यरत शिक्षक हुन्)


०००
 



प्रकाशित: २०७६ चैत्र ९
March 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार