उदयपुर सबैभन्दा बढी कोरोना प्रभावित जिल्ला– २२ जना, थप ८ सहित नेपालमा संक्रमित पुगे ४२
निर्माण सञ्चार, ९ वैशाख, काठमाडौं । उदयपुरका थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यो पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब ४२ पुगेको छ ।
मंगलबार बिहान उदयपुरबाट संकलन गरिएको स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा आठै जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
तर, संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन भने बाँकी छ । यसअघि उदयपुरमै आज एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका थिए ।
उनका अनुसार उदयपुरका १०० जनाको पिसिआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण भइरहेको थियो ।
नेपालमा यतिबेला उदयपुर सर्वाधिक कोरोना संक्रमित जिल्ला बन्न पुगेको छ । जुन जिल्लामा मात्रै कोरोना संक्रमित २२ जना पुगेका छन् ।
नेपालको पछिल्लो अपडेट अनुसार कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ४ रहेको छ ।
गत शुक्रबार उदयपुर भुल्केस्थित मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
परीक्षणपछि बाँकी ४ जनामध्ये थप एकजना पनि संक्रमण पुष्टि भएको देखियो।
गत शनिबार उक्त १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो।
यो पछिल्लो कोरोना संक्रमित मध्ये १३ जना मुस्लिम समुदायकै मानिसहरु रहेका छन् ।
०००
प्रकाशित: २०७७ बैशाख ९
०००
प्रकाशित: २०७७ बैशाख ९
April 21st 2020
प्रतिक्रिया दिनुहोस्