
शुक्रबार थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
निर्माण सञ्चार,०९ माघ,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको मन्त्रालयले जनाएको छ । हाल तीन हजार ६१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म बीस लाख ३५ हजार ३०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ४८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ३४८ जना सङ्क्रमित निको भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको हो ।
हाल तीन हजार ६१४ जना आइसोलेशनमा र १५८ जना क्वारेन्टिनमा रहेका छन् । ०००
प्रकाशित: २०७७ माघ ९
हाल तीन हजार ६१४ जना आइसोलेशनमा र १५८ जना क्वारेन्टिनमा रहेका छन् । ०००
प्रकाशित: २०७७ माघ ९
January 22nd 2021
प्रतिक्रिया दिनुहोस्