नेपाली समय: ०२:३९:२२ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

बुधबार थप  ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार,०७ माघ,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ ।


त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय ९३ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ जना रहेको छ ।

०००
 



प्रकाशित: २०७७ माघ ७
January 20th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार