
मंगलबार थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
निर्माण सञ्चार, ०६ माघ,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् । हाल तीनहजार ७६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ९९२ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७६४ जना आइसोलेशनमा र १९० जना क्वारेन्टिनमा छन् ।
०००
प्रकाशित: २०७७ माघ ६
January 19th 2021
प्रतिक्रिया दिनुहोस्