नेपालकै पहिलो बैंकले पायो इक्राको ‘ए’ स्तरः ‘व्यवस्थापन कुशलता र सिंगो टिमको प्रयत्नले यो सम्भव भयो’ अध्यक्ष अधिकारी
निर्माण सञ्चार, १४ वैशाख ०७७, काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड इक्रा नेपाल लिमिटेडको अध्ययनमा ‘ए’ स्तरको रेटिङ पाउन सफल भएको छ ।
यसखालको रेटिङ कस्तो बैंकका लागि गरिन्छ भन्ने प्रश्नमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारी भन्छन्, ‘यो स्तरको रेटिङ बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता भएको, बैंकको कर्जा जोखिम न्यून रहेको जस्ता आधारका कसीमा खरो उत्रन सकेको बैंकले मात्र प्राप्त गर्दछ् ।’
नेपाल बैंक लिमिटेड मुलुकको पहिलो बैंक हो । कोरोना भाइरस संक्रमणको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आफ्ना सबै शाखामार्फत सीमित कर्मचारीलाई संलग्न गराई सीमित बैंकिङ सेवा देशभर सञ्चालन गरिरहेको व्यवस्थापन पक्षको भनाइ छ । बैंकले कोरोना पछिको नेपालको अर्थतन्त्र सबल बनाउने कुरामा पनि आफ्नो यो क्षमता लगानी गर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
०००
प्रकाशित: २०७७ बैशाख १४

- इक्राको यो मूल्यांकनले सरकारी लगानीका बैंकहरु अझै उन्नत छन् भन्ने सन्देश दिएको बैंक व्यवस्थापनको बुझाइ छ
नेपाल बैंक लिमिटेड मुलुकको पहिलो बैंक हो । कोरोना भाइरस संक्रमणको विषम परिस्थितिमा समेत पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आफ्ना सबै शाखामार्फत सीमित कर्मचारीलाई संलग्न गराई सीमित बैंकिङ सेवा देशभर सञ्चालन गरिरहेको व्यवस्थापन पक्षको भनाइ छ । बैंकले कोरोना पछिको नेपालको अर्थतन्त्र सबल बनाउने कुरामा पनि आफ्नो यो क्षमता लगानी गर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
०००
प्रकाशित: २०७७ बैशाख १४
April 26th 2020
प्रतिक्रिया दिनुहोस्