नेपाली समय: ०३:३०:०९ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि

निर्माण सञ्चार, १५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

केही दिन अघि भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि कोरोना भइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ स्थायी घर भएका एक युवकको यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । 

भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित अपडेटमा उनको मृत्युलाई पुष्टि गरेको हो । मृतक युवकको विहीबार नै कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको थियो । 

तर, मन्त्रालयले औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा शुक्रबार गरेको हो ।

 

०००

 

 

 



प्रकाशित: २०७७ जेठ १६
May 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार