नेपाली समय: ०४:२७:४९ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

कोरोना संक्रमणबाट सातौं निधन !

निर्माण सञ्चार, १७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एकको निधन भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या सात पुगेको छ ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा ती पुरुषको शनिबार बिहान मृत्यु भएको हो । 

मृत्युपछि उनमाथि गरिएको परीक्षणले उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर विधिबाट परीक्षण गरिएको हो । 

यस घटनालाई यहाँका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पुष्टि गरेका हुन् ।

मृतक दुल्लु–११ का ३५ वर्षीय पुरुष हुन् । दश दिन अघि मात्रै मृतक सहित ७९ जना साथीहरु भारतको गुजरातबाट नेपाल आएका थिए ।

 

०००

सम्बन्धित समाचार

 

 



प्रकाशित: २०७७ जेठ १७
May 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार