नेपाली समय: ०१:५८:४३ अपरान्ह
वि.सं २०८२ चैत्र ११   बुधवार

नेपालमा कोरोना संक्रमित पुगे बाह्र सय बाह्रः मृत्यु हुनेको संख्या पुग्यो ६

निर्माण सञ्चार, १६ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको पछिल्लो आँकडा अनुसार एकै दिन सबैभन्दा धेरै संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा नयाँ १ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या एक हजार २ सय १२ पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमित मध्ये पुरुषको संख्या ११०३ पुगेको छ भने महिला १०९ पुगेका छन् । 

यसमध्ये उपचार पछि घर फर्किनेको संख्या २०६ पुगेको छ । जसमा पुरुष १६२, महिला ४४ रहेको छन् भने उपचाररत एक हजार रहेका छन् ।

संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ । तिनमा पुरुष ५, एक जना महिला रहेका छन् । आजसम्म कोरोना ५२ जिल्लामा फैलिसकेको छ ।

कोरोनाबाट मृत्यु हुने छैठौं व्यक्ति हुन भारतबाट फर्किँदै गर्दा सीमा क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँचीका युवक । 


०००

पढौं सम्बन्धित समाचार 

कोरोनाबाट छैठौं मृत्युः घर फर्कदै गर्दा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमित संख्या १ हजार ४२

 


 



प्रकाशित: २०७७ जेठ १६
May 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार