नेपाली समय: ०३:१५:४६ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

विपदामा सञ्चार सहकारीको उल्लेखनीय योगदान

निर्माण सञ्चार, १६ असार, काठमाडौं  ।

कोरोना भाइरस (कोभिड १९) ले विश्व नै थिलथिलिएको छ । विश्वका अधिकांश देशमा कोरोना भाइरस सक्रमणका कारण लकडाउनमा छन् । सारा विश्व ठप्प हुँदा पनि सञ्चार सहकारी तथा उनीहरुका प्रकाशनले नेपालसहित विश्वमै उल्लेखनीय काम गरेका छन् । 

नेपालमा एक सय ५० सञ्चार सहकारी छन् । ती सहकारीले रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, युटुब च्यानल तथा केबुल वितरण गरेका छन् । 

सञ्चार सहकारीले सञ्चारमाध्यममध्ये सफलता पाएको क्षेत्र रेडियो हो । 

देशभर ७५ वटा रेडियो सहकारीबाट सञ्चालित छन् । त्यस्तै सहकारीबाट नै दैनिक पत्रिका पनि सञ्चालन भइरहेका छन् । कोभिड १९ को बेला अन्य क्षेत्रको तुलनामा सञ्चार सहकारीले सञ्चालन गरेका सञ्चारमाध्यमको योगदान बढी हुन पुग्यो ।

सहकारीले गाउँगाउँ दुरदराजका खबर सम्प्रेषण गर्ने, सहकारीले गरेका योगदानको चर्चा गर्ने गरेका छन् । सहकारीले समाजमा खेलेको भूमिका सञ्चार सहकारीले प्रचारप्रचार गर्नमा अहम् भूमिका खेलिरहेका छन् । 

सूचना सञ्चार केन्द्रिय सहकारी संघका अध्यक्ष बिष्णुहरी ढकालका अनुसार कोरोना भाइरस (कोभिड १९) का बेला सञ्चार सहकारीले खेलेको भूमिका उल्लेखनीय भएको बताए । 

सञ्चार सहकारीले सिंगो सहकारीले गरेका कामको चर्चा गर्ने भएकाले सहकारीको विकासमा समेत टेवा पुगेको उनको भनाइ छ । कोरोनाका बेला धेरै सहकारीले सामाजिक उत्तरदायित्वका काम गरेका छन् । 

सचेतना फैलाउनेदखि राहत वितरण गर्नेसम्म सहकारीको योगदान रह्यो । सञ्चार सहकारीका प्रकाशनले त्यस्ता सहकारीको कामको उच्च प्रशंसा गरी स्थान दिएको ढकाल बताउँछन् ।

सहकारीलाई चाहिने सञ्चार सहकारी नै हो, सहकारीबाट सञ्चालित सहकारीले सहकारीको विकासका लागि महत्वपूर्ण योगदान पुर्याएका छन्  उनले भने । 

सञ्चार सहकारीले सहकारी क्षेत्रमै अतिरिक्त अरु केही गर्न नसकेपनि सूचना प्रवाहमा जोडतोडले लाग्नु सकारात्मक कुरा भएको उनको भनाइ छ । 

अहिले सञ्चार संस्थाले जनतालाई सूचना दिने काम हो । कोरोनाबाट बच्न सूचना र समाचार सञ्चारमाध्यमले दिनुपर्छ । दिइरहेका छन्  पनि । 
कोरोनोको जोखिमका बेला सबै क्षेत्र थप्प भइरहेको बेला पत्रकारले जोखिम मोलेर सूचना सम्प्रेषणमा उल्लेख्य योगदान दिएको ढकाल स्मरण गर्छन् । 

उनका अनुसार पत्रकार अग्रभागमा आएर सूचना सम्प्रेषण गर्नु प्रशंसा गर्न लायक रहेको उनको भनाइ छ । कतिपय पत्रकार कोरोनाबाट सक्रमित समेत भएका छन् ।

तैपनि कोरोनाबाट मरिन्छ कि भन्ने डर त्यागेर आफ्नो कर्ममा लाग्नु खुसीको कुरा भएको ढकाल सुनाउँछन् । 

निजी क्षेत्र, गैरसरकारी संस्थाले सञ्चालन गरेका सञ्चारमाध्यम भन्दा सहकारीले सञ्चालन गरेका सञ्चारमाध्यम अब्बल देखिएका छन् । 
उनीहरुले  सहकारीका मौलिक कामको प्रचार गर्न सफल भएका छन्।  सहकारीका सञ्चारले मात्रै सहकारीका कुरा प्रकाशनमा ल्याउँछ । 

ती संस्था तथा सञ्चार माध्यमले सहकारीका सकारात्मक कुरा बढी ल्याएको देखिन्छ ।  सहकारीकर्मीले पनि सञ्चार सहकारीबाट सञ्चालित सञ्चार माध्यम रुचाउँछन् । 

हामीले चाहेको कुरा लेख्छ भन्ने लागेर नै अन्य सञ्चार माध्यमको तुलनतामा सहकारी ती संस्थाप्रति विश्वस्त हुन सकेको ढकाल सम्झन्छन् । सहकारीभित्र धेरै खराब र विकृति पनि छन् ।

तर ती खराब र विकृति उजागर गर्दा रिसाउने प्रवृति छ । 

त्यस्ता विषय सञ्चाउँदै अघि बढ्न प्रेरणाको रुपमा लिनुपर्नेमा सहकारीकर्मीले नपचाइरहेको ढकाल सुनाउँछन् । सहकारीले समाचारको माग नगरेपनि अपेक्षा गर्ने चलन बढ्दै गएको छ । 

अब सञ्चारमाध्यमले सहकारीका सबैखाले समाचार ल्याउन र सहकारीको विकासमा भूमिका खेल्नुपर्ने उनी सुनाउँछन् । पत्रकारले नियमित कर्तव्य निर्वाह गरिरहेको अवस्थामा पनि सहकारीको अपेक्षा पूरा नसकेको यथार्थता हो । 

कोरोना भाइरस जस्तै अन्य विपत्तिमा जोखिमबाट बच्न सञ्चार माध्यमले अंहम भूमिका खेल्न सक्नुपर्छ । 

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीको विकासमा सञ्चार सहकारीले रचनात्मक काम गरेको बताउँछन् । 

कोरोनाको विपत्तिमा सञ्चार सहकारी सक्रिय भएर सकारात्मक समाचार लेखेर सहकारीलाई हौसल्ला प्रदान गरेको बताए । 

सहकारीले विपत्तिका बेला सामाजिक उत्तरदायित्व निर्वाह गरेको र त्यस्तो समाचार महत्वका साथ सञ्चार सहकारीले प्रकाशन गरेको तामाङ सम्झन्छन् । 

सञ्चारमा ठूलो लगानी चाहिन्छ । लगानीबिना सञ्चारमाध्यम प्रभावकारीरुपमा सञ्चालन हुन सक्दैनन् । 
सञ्चारमा लगानी ठूलो चाहिने भएकाले सञ्चार सहकारीमा फस्टाउन सकेका छैनन् ।  अध्यक्ष तामाङले सहकारी सहकारी मिलेर विशिष्टीकृत मोडेलमा बिग मिडिया सञ्चालन गर्न सक्ने बताए । 

सञ्चार सहकारीका सञ्चार माध्यमले समग्र सहकारीको विकास र उत्थानका लागि निरन्तर कलम चलाउने भएकाकाले सञ्चार सहकारीको विकास हुन जरुरी रहेको उनले बताए । 

सञ्चार सहकारीमा फस्टाएको र राम्रो गरेको मध्ये आदर्श सञ्चार सहकारी संस्था पनि एक हो । 

आदर्श सञ्चारले दैनिक पत्रिका सञ्चालन गर्नुका साथै साझेदारीमा टेलिभिजन समेत सञ्चालन गरेको छ । 
त्यस्तै साप्ताहिक र अनलानइन पनि उसले सञ्चालन गरिरहेको छ । 

संस्थाका सल्लाहकार रामबहादुर जिसीले कोभिड १९ को समयमा सहकारीले कोरोनाबाट बच्न, कोरोनाका लक्षण र सावधानीबारे जनचेतना फैलाउने काम गरेको बताए । 

कोभिड १९ जितेर फर्केका व्यक्तिको अनुभव र अनुभूति प्रकाशित गरी सर्वसाधारणमा सचेतना फैलाउने कम गरेको उनको भनाइ छ । 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका जिसीले विपतको बेला सञ्चार सहकारीले उल्लेखनीय योगदान पुर्याएको स्मरण गरे । जति गर्न सकिन्थ्यो, त्यति नभएपनि धेरै राम्रो काम भएको छ, उनले भने । बाग्लुङमा सञ्चार सहकारीले अन्य जिल्लाको तुलनामा रचनात्मक काम गरेका छन् । 

समग्र देशभर सञ्चार सहकारी अग्रभागमा आउन नसकेको अवस्थामा बाग्लुुङका सञ्चार सहकारीले रचनात्मक काम गर्न सकेको उनले बताए । 

बाग्लुुङका नौ एफएममध्ये पाँच वटा सञ्चार सहकारीले सञ्चालन गरेका छन् । सञ्चार सहकारीसहित सञ्चार माध्यमले कोभिडको बेला राम्रो भूमिका निर्वाह गरेको सहकारीकर्मी बताउँछन् ।  


०००



प्रकाशित: २०७७ आषाढ १६
June 30th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ