नेपाली समय: ०३:४७:०७ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

सहकारी आन्दोलनः टाढाको देउता भन्दा करेसाको भूत महत्त्वपूर्ण, अझै उन्नत बनाउन आवश्यक

निर्माण सञ्चार, ९ साउन, काठमाडौं । सहकारी दुःखको सारथी हो । विपतको बेलामा थोपा थोपा मिलाएर समुन्द्र बनाई समाज र सदस्य प्रति उत्तरदायि रहने अभियान हो । सहकारीको शुरुवातको इतिहासलाई हेर्ने हो भने सहकारी विपतको सिर्जना भएपछि त्यस विपतमा राहातको रुपमा काम गर्ने स्रोत बनेर आएको देखिन्छ । समाज प्रति उत्तरदायिपूर्ण भूमिका खेल्ने भएकाले यसलाई एउटा छुट्टै सामाजिक व्यवसायको रुपमा लिने गरिन्छ । आफ्ना समग्र सदस्यहरुको, समुदायको हितकालागि जीवनस्तर बदल्ने, आर्थिक सामाजिक रुपान्तरण गर्ने, साँस्कृतिक प्रवद्र्धन र पर्यावरणका संरक्षण गर्ने लगायत यसले काम गर्छ । 

तीनै तहको साझा कार्य सूची बनेको सहकारीलाई नेपालको संविधानले महत्वपूर्ण स्थानमा राखेको छ । सहकारीले उत्पादन, सेवा, वितरण, वित्तिय लगाएत क्षेत्रमा काम गर्दै आर्जन गरेको आय स्रोतबाट समाजको लागि छुट्टै कोष खडा गरी समाजको विकास र समाजमा आइपरेको विपत्तिमा सहयोगका हात बढाउने काम गर्दछ । चाहे बाढी पहिरोको चपेटामा परेको बेला होस्, कुनै महामारीको बेला र भूकम्प लगाएतका प्रकोपको बेला होस् । 

‘टाढाको देउताभन्दा करेसाको भूतनै काम लाग्छ’ भने झैं सहकारी समान आय भएका व्यक्तिहरुको बचत र पूँजीबाट सञ्चालित संस्था भएको हुँदा आपतमा त्यही नै काम लाग्ने गरेको छ । विगतका भूकम्प र नाका बन्दीमा जस्तै अहिलेको महामारीमा पनि सहकारी संस्थाहरुले घरदैलोमा पुत्याइरहेको सेवा, वीना व्याज सिमित कर्जा सुविधा, भोकै परेका गरिव र अशक्तलाई खाद्यान्न लगाएतको राहात वितरण, विरामीलाई रगतको अभावहुन नदिन रक्तदान कार्यक्रम ,सरकारको कोरोना कोषमा सहयोग र समन्वय, सूचनातथा संचार सहकारीका माध्यमबाट जनचेतना अभियान लगाएत विविध कामहरु यसका उद्दाहरणहरु हुन् ।

सहकारी व्यवसायिक मात्र हैन व्यवहारिक पनि छन् । सहकारीले व्यवसाय काम मर्मलाई मात्र हेर्दैन यसले व्यवहारलाई पनि सहकारी विकासको पाटोको रुपमा लिएको हुन्छ । सदस्यहरुको परिवारमा हुने जन्म, कुनै कारणले आइपर्नेे भवितव्य, अशक्त अबस्था, मृत्यु लगाएतका समाजका िवविध संरचनालाई सहकारी संस्थाहरुले सम्बोधन गरिरहेका हुन्छन् । यो सहकारीको समाज प्रतिको व्यवहारिक आयाम हो । सुखमा सानो देखिने सहकारीहरु अहिलेको विपत एवं असहज अबस्थामा उनीहरुको व्यवहारिक कार्यले गर्दा ठूला देखिन सफल भएका छन् । यो सहकारीको अवसर अनि समाजलाई विश्वासमा लिने बलियो पाटो बनेको छ ।

  • संकटको बेलामानिःशुल्क एम्बुलेन्स सेवा समेत सहकारीहरुले उपलब्ध गराएका छन् । सहकारीले दुःखमा साथ दिने कुरालाई अझ बढी उजागार गरेको छ । यसरी विपत्तिमा स्वस्थ्य, रोजगार, सञ्चार, प्राकृतिक, प्राविधिक, मानवीय हर क्षेत्रमा सहकारीले आफ्नो भूमिका खेलेको छ । सहकारीले संकटमा खेलेको भूमिकालाई सहकारीकै प्रकाशनमार्फत प्रचार प्रसार गरिरहेका छन् । अहिलेको कोरोनाको बेलामा धेरै सहकारीले सामाजिक उत्तरदायित्वको काम गरेका छन्
मेला, पर्म, सापटी, गुठी, भकारी जस्ता कुराहरुबाट सहकार्यको रुप लिएको सहकारी अभियान अन्तर्गत हाल ३४ हजार ५ सय बाह्र सहकारी मार्फत गरिएको सहकारीको कार्यगत परिवेष्टताले गृहस्त उत्पादनमा चार प्रतिशत योगदान रहेको अनुमान गरिएको छ । केह िन केही रुपमा ६३ लाख जनता सहकारीका सदस्यहरु भएको सहकारी अभियान र अभियानको नेतृत्व गर्नै सहकारीहरुले अहिलेको विपतमा आफ्ना कार्यक्षेत्र भित्र काम महानगरपालिका, नगरपालिका, पालिकाका सम्बन्धित प्रमुख एवं उपप्रमुख लगाएतसँग सहकार्य गरेर स्थान अनुसारका समस्या समाधानमा हातेमालोका माध्यमद्धारा सामाजिक उत्तरदायित्व पुरा गर्दै सामाजिक विकासमा लागि परेका छन् ।

संविधानले अंगिकार गरेको तीनखम्बे अर्थनीतिको सान्दर्भिकतालाई उच्च बनाउन आ–आफ्नो क्षेत्रको महत्व र भूमिका स्थापित गर्न यो महामारीमा सहकारीहरु अग्रभागमा रहेर क्रियाशिल रहनु आजको आवश्यकता र समाजको अपेक्षालाई मध्यनजर गरी कार्य गरिरहेका छन् । 

विपत्तिको सामना गरी सहकारीको भूमिका उच्चबनाउन र जनविश्वासलाई शिखरमा पुत्याउन सामाजिक उत्तदयित्व बलियो बनाउन सक्नु पर्दछ । जसको लागि (१)उत्पादनतथा सेवाको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुसँगको सहकाय, (२) सामाजिकन्याय र उत्पादकत्व वृद्धिका लागि अनुसन्धान र विकास, (३) सचेतना कार्यक्रमको बढावा दिने, (४) सहकारी– सहकारी, सहकारी –सरकारी र सहकारी–नीजि साँझेदारी,  र (५) गैरसरकारी संघसंस्था र सहकारी सहकार्य का तत्वहरुलाई ध्यानदिएर कामहरु अगाडी बढाउन सक्नु पर्दछ । यसले सहकारीको सामाजिक व्यवसाय बलियो बनाउँछ ।

सामाजिक व्यवसाय बलियो बन्नु भनेको सहकारीको छवि उज्ज्वल भैं दिगो सहकारी गतिविधि सञ्चालनमा सहयोग प्राप्त गर्न मार्ग प्रसस्त हुनु हो । विपतमा गरेका कार्यले पनि दिगो विकासमा सहकारीलाई उक्लन मद्दत गर्दछ । सामाजिक व्यवसाय जति बलियो हुन्छ त्यहि मात्रामा सबै खाले समस्या समाधान गर्न र संकट र विपत्तिको सामना गर्ने क्षमता विकास गर्न सकिन्छ । 

सामान्यतया द्वन्द्वहरु असमानताका कारण उत्पन्नहुने गर्दछन् । आर्थिक, सामाजिक, जातिय, सास्कृतिकअसमानताका कारण उत्पन्नहुने द्वन्द्वलाई निस्तेज बनाउने सबैभन्दाउत्तमविधि र माध्यम सहकारी दर्शन र सिद्धान्त नै हो । पहिलो र दास्रो युद्धबाट युरोपलाई उठाउन खेलेको भूमिका, बखान सहकारी स्थापनाताका बाढी पहिरोबाट विक्षिप्त भएकाको उद्धारमा खेलेको भूमिका, मानव सिर्जित जुनसुकै महामारीमा खेलेको भूमिकालाई हेर्न सकिन्छ । 

विपत्तिमा सहकारीलाई अग्र स्थानमा राखेर सहकारीलाई विकासको एक पाटोको रुपमा अगाडि बढाउन राज्यले पनि सहकारीलाई ढााडस दिनु पनि जरुरी छ । सहकारीका गरिव सदस्यहरुले लिएको कर्जाको व्याज तिरिदिने, सहकारी कर्मी किसानलाई अनुदान दिएर उत्पादनमा लगाई आत्त्म निर्भरताको पकडबुटी बनाउन सरकारले पनि सहयोग गरिदिएमा विपतमा अगाडि बढ्न सजिलो हुन्छ ।

जस्तै, अहिलेको कोरोना महामारीको समयमा प्रदेश नं ५ को सरकारद्धारा सहकार ीमार्फत किसानलाई पौने १२ करोड अनुदान दिएर व्याज तिरिदिन गरेको कार्य, प्रदेश नं २ को सरकारले सहकारीका सदस्यको ऋणको व्याज तिरिदिन गरेको कार्यलाई लिन सकिन्छ । 

विपतमा पनि सहकारीहरुले आफ्ना सदस्यहरुाई तालिम दिएका छन् । बीउवीजन बाँडेका छन् । महामारीमा व्याज छुट दिएका छन् । उपचार खर्च उपलब्ध गराएका छन् । बचतमा व्याज दिएका छन् । हर्जना छुट गरेका छन् । सदस्यको कोरोना विमा गरिदिएका छन् ।

समाजमा स्थापित गराउन सिपको तालिम दिई नेतृत्व र व्यक्तित्व विकास गराएका छन् । आर्थिक सहयोग गर्ने गराउनेमा स्थानिय सरकारसँग हातेमालो समेत गरेको छ । पुरस्कार र सम्मानको व्यवस्थापन गरेको छ । रोजगारी दिने कार्यलाई समेत सहकारीले अग्रगतिमा अगाडि बढाएको छ ।

संकटको बेलामानिःशुल्क एम्बुलेन्स सेवा समेत सहकारीहरुले उपलब्ध गराएका छन् । सहकारीले दुःखमा साथ दिने कुरालाई अझ बढी उजागार गरेको छ । यसरी विपत्तिमा स्वस्थ्य, रोजगार, सञ्चार, प्राकृतिक, प्राविधिक, मानवीय हर क्षेत्रमा सहकारीले आफ्नो भूमिका खेलेको छ । सहकारीले संकटमा खेलेको भूमिकालाई सहकारीकै प्रकाशनमार्फत प्रचार प्रसार गरिरहेका छन् । अहिलेको कोरोनाको बेलामा धेरै सहकारीले सामाजिक उत्तरदायित्वको काम गरेका छन् । 

सहकारीले वित्तिय कारोवारमा मात्र नभएर हरेक गतिविधिमा कस्तै विपत्ति आइपरे पनि विषम परिस्थितिमा सहकारीलाई अगाडि बढाएर योगदान गरिरहेका छन् । हरेक जटिलता बाट सहकारीलाई सुरक्षित बनाउनु भने आजको प्रमुख आवश्यकता हो । यसको लागि संकट व्यवस्थापन योजना र रणनीति एवं नीति बनाएर लागु गर्नु जरुरी छ । 

समग्रमा कोभिड १९ का कारण रोजगारी गुमाएर बसेका व्यीक्तहरुको लागि सहकारीका माध्यम बाट कृषि, उत्पादकत्वको क्षेत्र, विकास लगाएतमा काम गर्ने अवसर रहेको छ । जसले अन्य देशमा खाधन्न र तरकारी, प्राविधिक बस्तुमा निर्भर रहनुपर्ने आजको अबस्थाबाट केही हदसम्मभ ने पनि पार पाई आत्म निर्भरता तर्फ गई देशको वयपार घाटालाई कमगर्न सकिन्छ । अब सहकारीले सबै क्षेत्रमा नया ँलहर सिर्जना गर्नु जरुरी भैसकेको छ । सहकारीमा पनि टनेल प्रविधि अँगालेर उत्पादनमा जानु जरुरी छ ।

जसले सदस्यको प्रतिव्यत्ति आम्दानी पनि बढाउँछ भने देशलाई आत्म निर्भरता तर्फ पनि जान अभिप्रेरित गर्दछ । यसको लागि अभियानले नीतितथा रणनीति सहितको कार्यक्रम तर्जुमा गरी अभियान सञ्चालन गर्नु पर्दछ । यसो गरिएमा साँच्चै विपतमा सहकारीले एउटा हिस्सा ओगटेर आफ्नो भूमिकालाई शिखरमा दर्ज गर्न सक्दछ ।

लेखक चौलागाईं सहकारी अभियन्ता साथै अतिरिक्त क्षमता सहकारी अभियानमा सक्रिय छिन्

०००
 



प्रकाशित: २०७७ साउन ९
July 24th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ