एसइईको नतिजा सार्वजनिक (सूचना सिहत)
निर्माण सञ्चार, १ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्डको
बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए । कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन। मन्त्रिपरिषदको निर्णयअनुसार विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गर्ने छ ।
०००
प्रकाशित: २०७७ भाद्र १

August 17th 2020
प्रतिक्रिया दिनुहोस्