
युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा अर्थविद् कल्याण रोकाः के हो कोष ? कसरी पाउँछन् युवाहरुले सहयोग ?
निर्माण सञ्चार, २ भदौ, काठमाडौं । सरकारले समाजवादी अर्थराजनीतिक विश्लेषक डा देवराज (कल्याण) रोकालाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षको जिम्मेवारी सुम्पेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कोषको कार्यकारी उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
कल्याण रोकाका नाउँबाट चिनिने डा रोका केही सयम अघि मात्रै चीनबाट अर्थराजनीतिक विषयमा पिएचडी गरेका छन् । नेपालको अर्थतन्त्रलाई राम्ररी चिनेका डा रोका युवा नेतृत्वहरु माझ लोकप्रिय व्यक्ति समेत हुन् ।
केही समयअघि डा प्रेम दंगालको समयावधि सकिएदेखि उक्त पद रिक्त रहेको थियो । सो पदमा डा रोकालाई नियुक्त गरिएको हो ।
के हो युवा स्वरोजगार कोष ? कसरी बन्छ युवा स्वरोजगारी ?
कोष युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एउटा आर्थिक निकाय हो । सोही मन्त्रालय अन्तर्गत युवालाई नै स्वारोजगारमुखी बनाउने भन्दै सरकारले चार वर्ष अघि मात्रै राष्टि युवा परिषद् समेत गठन गरेको छ ।
आजका दिनमा युवा लक्षित कार्यक्रमको कमी नभए पनि तर, समन्वयात्मक रुपले परिचालनको भने अभाव देखिएको छ । युवा मन्त्रालय अन्तर्गत रहेका यी दुई निकाय मध्ये एकले आर्थिक तथा परिषद्ले युवाहरुलाई पोलिसी गाइडिङ गर्ने सिद्धान्त ग्रहण गरेको देखिन्छ ।
यी दुई निकायसँग सिटिइभिटी सहितको समन्वय हुने हो भने कोष, परिषद् र सिटिइभिटी मार्फत् युवा उद्यमशीलताको अभियान सहज र गतिलो रुपमा सञ्चालन गर्न सकिने विश्लेषकहरुको भनाइ छ ।
मन्त्रालय अनुसार कोषले आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने छ ।
त्यस्तो कर्जाबापत् प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम ५० लाख रुपियाँ दिने गर्छ ।
कोषले कसरी दिन्छ बिना धितो कर्जा ?
युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरूलाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउने उद्देश्यसहित ०६५ सालमा कोषको स्थापना भएको हो । स्वरोजगार कोषले अहिले उद्यमशील बन्न चाहने युवाहरुका लागि अर्बौँ रुपैयाँ लगानी गरिरहेको छ ।
स्वरोजगार कोषले बैंक, वित्त वा सहकारी संस्थाहरु मार्फत युवाहरुमा लगानी गरिररहेको छ । कोषबाट कर्जा लिन चाहाने बैंक, वित्त वा सहकारी संस्थाहरुले प्रति संस्था ५० लाख रुपैयाँ पाउने वर्तमान व्यवस्था छ । जस अनुसार प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म कर्जा पाइन्छ । यसका लागि कुनै पनि धितो राख्नुपर्दैन । यो रकम कोषले बिनाधितो उपलब्ध गराउँछ । हाल भएको व्यवस्थालाई परिमार्जन गरेर कोषले एक वित्तीय संस्थालाई एक करोड रुपैयाँ र स्वरोजगार बन्न चाहने युवाहरुका लागि पाँच लाख रुपैयाँ कर्जा बिनाधितो उपलब्ध गराउने तयारी थालेको छ । हाल ऐन संशोधनको प्रक्रियामा रहेको र संसोधन भएपछि यो व्यवस्था लागु हुने कोषले जनाएको छ । बिना धितो कर्जाको व्याजदरमा ६० प्रतिशत अनुदान यसरी लिएको कर्जा युवाहरुले उत्पादनशील क्षेत्रमा लगानी गरेर नियमित कर्जाको किस्ता÷ब्याज भुक्तानी गरे वापत कोषले ब्याजदरमा ६० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । कोषले हाल उपलब्ध गराउँदै आएको व्यादजर १० प्रतिशत हो । नियमित कर्जाको व्याज÷किस्ता भुक्तानी गरेवापत कोषले १० प्रतिशत व्याजदरमा ६० प्रतिशत अनुदान दिने गरेको छ । अनुदानपछि युवाहरुले जम्मा चार प्रतिशत मात्रै व्याददर भुक्तानी गर्नुपर्ने हुन्छ । कसरी लिने कर्जा युवा स्वरोजगार कोषबाट कर्जा लिनका लागि केहि प्रक्रिया भने पुरा गर्नुपर्ने हुन्छ । कोषबाट कर्जा लिनका लागि कर्जा लिन चाहने युवाले आफूले गर्न चाहेको पेशा÷व्यवसायबारे स्पष्ट खाका तयार पार्नुपर्ने हुन्छ । आफूले के गर्न चाहेको हो त्यसबारे योजना तयार पारी नजिकैको बैंक, वित्तीय संस्था वा सहकारी संस्था मार्फत स्वरोजगार कोषमा प्रस्ताव गर्नुपर्ने हुन्छ । कर्जा लिने सरल प्रक्रिया यस्तो छ १. उद्यमी बन्न चाहानेले के व्यवसाय वा पेशा गर्ने स्पष्ट खाका बनाउने । योजना निर्माणका लागि युवा परिषद्ले निःशुल्क तालिम दिने गर्छ २. प्रस्ताव पत्र बनाउने, मानौँ तपाई तरकारी खेती गर्न चाहानुहुन्छ भने तरकारी खेतिको बारेमा प्रस्ताब पत्र बनाउने । ३. प्रस्ताव पत्र बनाएर नजिकै रहेको सहकारी अथवा अन्य बैंक वित्तीय संस्थासंग समन्वय गर्ने । ४. स्वरोजगार कोषले स्वरोजगार बनाउनका लागि विभिन्न राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्छ । कोषले प्रस्ताव आह्वान गरेपछि बैंक, वित्त वा सहकारी मार्फत प्रस्ताव दर्ता गर्ने । यसरी कोषले कर्जा प्रक्रिया अगाडि बढाउने गरेको छ । कहाँ छ कोषको कोषको कार्यालय ? सबै कुरा जानिसके पछि तपाईँलाई स्वरोजगार कोष कहाँ छ भन्ने कौतुहलता जाग्न सक्छ । कोषको पुरा नाम ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ हो । यस कोषको कार्यालय काठमाडौंको अनामनगरमा छ । अनामनगरको मूख्य सडकमा रहेको बाजेको सेकुवाबाट पूर्व पट्टि करिब ४ सय मिटरको दुरीमा कोषको कार्यालय रहेको छ ।कोषको सम्पर्क नम्बर ०१–४१०२८३१ हो ।
०००
प्रकाशित: २०७७ भाद्र २
- आजका दिनमा युवा लक्षित कार्यक्रमको कमी नभए पनि तर, समन्वयात्मक रुपले परिचालनको भने अभाव देखिएको छ । युवा मन्त्रालय अन्तर्गत रहेका यी दुई निकाय मध्ये एकले आर्थिक तथा परिषद्ले युवाहरुलाई पोलिसी गाइडिङ गर्ने सिद्धान्त ग्रहण गरेको देखिन्छ । यी दुई निकायसँग सिटिइभिटी सहितको समन्वय हुने हो भने कोष, परिषद् र सिटिइभिटी मार्फत् युवा उद्यमशीलताको अभियान सहज र गतिलो रुपमा सञ्चालन गर्न सकिने विश्लेषकहरुको भनाइ छ
स्वरोजगार कोषले बैंक, वित्त वा सहकारी संस्थाहरु मार्फत युवाहरुमा लगानी गरिररहेको छ । कोषबाट कर्जा लिन चाहाने बैंक, वित्त वा सहकारी संस्थाहरुले प्रति संस्था ५० लाख रुपैयाँ पाउने वर्तमान व्यवस्था छ । जस अनुसार प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्म कर्जा पाइन्छ । यसका लागि कुनै पनि धितो राख्नुपर्दैन । यो रकम कोषले बिनाधितो उपलब्ध गराउँछ । हाल भएको व्यवस्थालाई परिमार्जन गरेर कोषले एक वित्तीय संस्थालाई एक करोड रुपैयाँ र स्वरोजगार बन्न चाहने युवाहरुका लागि पाँच लाख रुपैयाँ कर्जा बिनाधितो उपलब्ध गराउने तयारी थालेको छ । हाल ऐन संशोधनको प्रक्रियामा रहेको र संसोधन भएपछि यो व्यवस्था लागु हुने कोषले जनाएको छ । बिना धितो कर्जाको व्याजदरमा ६० प्रतिशत अनुदान यसरी लिएको कर्जा युवाहरुले उत्पादनशील क्षेत्रमा लगानी गरेर नियमित कर्जाको किस्ता÷ब्याज भुक्तानी गरे वापत कोषले ब्याजदरमा ६० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । कोषले हाल उपलब्ध गराउँदै आएको व्यादजर १० प्रतिशत हो । नियमित कर्जाको व्याज÷किस्ता भुक्तानी गरेवापत कोषले १० प्रतिशत व्याजदरमा ६० प्रतिशत अनुदान दिने गरेको छ । अनुदानपछि युवाहरुले जम्मा चार प्रतिशत मात्रै व्याददर भुक्तानी गर्नुपर्ने हुन्छ । कसरी लिने कर्जा युवा स्वरोजगार कोषबाट कर्जा लिनका लागि केहि प्रक्रिया भने पुरा गर्नुपर्ने हुन्छ । कोषबाट कर्जा लिनका लागि कर्जा लिन चाहने युवाले आफूले गर्न चाहेको पेशा÷व्यवसायबारे स्पष्ट खाका तयार पार्नुपर्ने हुन्छ । आफूले के गर्न चाहेको हो त्यसबारे योजना तयार पारी नजिकैको बैंक, वित्तीय संस्था वा सहकारी संस्था मार्फत स्वरोजगार कोषमा प्रस्ताव गर्नुपर्ने हुन्छ । कर्जा लिने सरल प्रक्रिया यस्तो छ १. उद्यमी बन्न चाहानेले के व्यवसाय वा पेशा गर्ने स्पष्ट खाका बनाउने । योजना निर्माणका लागि युवा परिषद्ले निःशुल्क तालिम दिने गर्छ २. प्रस्ताव पत्र बनाउने, मानौँ तपाई तरकारी खेती गर्न चाहानुहुन्छ भने तरकारी खेतिको बारेमा प्रस्ताब पत्र बनाउने । ३. प्रस्ताव पत्र बनाएर नजिकै रहेको सहकारी अथवा अन्य बैंक वित्तीय संस्थासंग समन्वय गर्ने । ४. स्वरोजगार कोषले स्वरोजगार बनाउनका लागि विभिन्न राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्छ । कोषले प्रस्ताव आह्वान गरेपछि बैंक, वित्त वा सहकारी मार्फत प्रस्ताव दर्ता गर्ने । यसरी कोषले कर्जा प्रक्रिया अगाडि बढाउने गरेको छ । कहाँ छ कोषको कोषको कार्यालय ? सबै कुरा जानिसके पछि तपाईँलाई स्वरोजगार कोष कहाँ छ भन्ने कौतुहलता जाग्न सक्छ । कोषको पुरा नाम ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ हो । यस कोषको कार्यालय काठमाडौंको अनामनगरमा छ । अनामनगरको मूख्य सडकमा रहेको बाजेको सेकुवाबाट पूर्व पट्टि करिब ४ सय मिटरको दुरीमा कोषको कार्यालय रहेको छ ।कोषको सम्पर्क नम्बर ०१–४१०२८३१ हो ।

०००
प्रकाशित: २०७७ भाद्र २
August 18th 2020
प्रतिक्रिया दिनुहोस्