तिहारमा खुल्दैनन् कुनै पनि बैंकका शाखा कार्यालय, एटीएम सेवा भने यथावत
निर्माण सञ्चार, २५ कार्तिक,काठमाडौं। नेपाल बैंकर्स संघले तिहारमा पाँच दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जानकारी दिएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले सदस्य बैंकहरुसँग तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको संघले जनाएको हो।
सरकारले पनि तीन दिन बिदा दिएको छ। संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने बताएको छ। यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए। निश्चित अवधिका लागि तिहार बिदाका बेला पनि शाखा खुल्थ्यो।
संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी कोरोना भाइरस संक्रमित छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ। साथै एटीएम पनि सञ्चालन हुने बताएको छ । संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ। ०००
प्रकाशित: २०७७ कार्तिक २५

November 10th 2020
प्रतिक्रिया दिनुहोस्