बैंकहरुले घटाए ऋणको ब्याजदर, हेर्नुस् कस्तो छ ?
निर्माण सञ्चार, ०३ मंसिर,काठमाडौँ । बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ भने यतिबेला ब्याजदर सस्तिएको छ। बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम थुप्रिनु तर ऋण प्रवाह बढ्न नसक्दा अहिले ब्याजदर घटाउन बैंकहरूलाई दवाव परेको हो।
राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले सबैजसो बैंकहरुको अहिले ब्याजदर घटेको बताए । ‘एक वर्ष अघि हाम्रो कर्जाको औसत व्याजदर ९.७५ प्रतिशत थियो, अहिले ८ को हाराहारीमा झरिसकेको छ’ राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले बताए । बैंकहरुले ऋणमा प्रदान गर्ने व्याजदर घटिरहेको तथ्य घटेको आधार दरले पनि पुष्टि गर्छ। बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणले नै बैंकहरुको आधार दर एक वर्षमै करिब २ प्रतिशतले घटेको देखिएको छ ।
असोज मसान्तसम्म २८ वाणिज्य बैंकहरुको औसत आधार दर ७. ६५ प्रतिशतमा झरेको छ। जवकि गत वर्षको यसै अवधिमा ९. ४० प्रतिशत रहेको थियो। आधार दरकै आधारमा बैंकहरुले ऋणीबाट लिने ब्याज तय गर्दछन्। आधार दरमा निश्चित प्रिमियम दर जोडेर बैंकहरुले ऋणीका लागि ब्याजदर तय गरिदिन्छन्। अहिले आधार दर मात्रै घटेको छैन, जोडिने प्रिमियम दर समेत बैंकहरुले घटाएका छन्। संकलन भएको निक्षेप निश्क्रिय रहनुभन्दा कर्जाका रुपमा परिचालन हुँदा फाइदा हुने भएकाले बैंकहरुले प्रिमियम दर घटाएरै अहिले ऋण दिने गरेका छन्।
‘पहिले ३–४ प्रतिशत प्रिमियम जोडेर ऋण दिइने गरेकोमा अहिले त एक डेढ प्रतिशत मात्रै राख्न सकेका छौँ’ सिइओ श्रेष्ठले ्जानकारी दिए । सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा बढेकै कारण बैंकहरुको नाफा समेत अहिले खुम्चिएको उनले स्पष्ट बताए । तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ५.७४ प्रतिशत मात्रै छ। ऋण लिनेले आधार दरमा जोडिने प्रिमियम दर पनि बुझ्नु जरुरी हुन्छ। एउटै आधार दर भएका दुई बैंकमध्ये जुन बैंकको प्रिमियम दर कम हुन्छ, त्यही बैंकको ब्याज सस्तो हुन आउँछ। ऋण लिन चाहनेलाई कतिपय बैंकले अहिले विभिन्न अफर समेत ल्याएका छन्। सस्तो ब्याजदर र केही अवधिसम्म नबढाउने प्रतिबद्धताका साथ बैंकहरुले अफर ल्याएका हुन्। अर्कोतर्फ घर, जग्गा, गाडी खरिद जस्ता व्यक्तिगत आवधिक प्रकृतिका कर्जामा कहिल्यै ब्याजदर नबढाउने शर्तमा बैंकहरुले ऋण दिन थालेका छन्। यसले गर्दा अहिले घटेको ब्याजदरबाट ऋण लिनेले लामो अवधिका लागि समेत फाइदा लिन सक्ने देखिन्छ । यस्तो ब्याजदर नै एकल अंकमा झरेको छ। अर्थात ऋण चुक्ता नहुन्जेलसम्म १० प्रतिशतमुनि नै ब्याजदर कायम रहने गरी व्यक्तिगत नाममा घर, गाडीजस्ता ऋण लिन सकिनेछ। हेर्नुस् कुन बैंकको आधार दर कति छ
०००
प्रकाशित: २०७७ मंसिर ३

| बैंक | आधार दर असोज ०७७ | आधार दर असोज ०७६ |
| राष्ट्रिय वाणिज्य | 5.74 | 6.6 |
| नविल | 6.68 | 7.94 |
| ग्लोबल आइएमइ | 7.25 | 9.44 |
| कृषि विकास | 8.53 | 10.18 |
| एनआइसी एसिया | 6.5 | 9.51 |
| एभरेष्ट | 7.07 | 8.52 |
| इनभेष्टमेन्ट | 7.34 | 8.48 |
| प्राइम कमर्सियल | 8.12 | 9.67 |
| एनएमबि | 7.85 | 10.33 |
| हिमालयन | 7.16 | 8.93 |
| एसबिआइ | 6.19 | 7.17 |
| नेपाल | 6.81 | 7.84 |
| प्रभु | 7.39 | 9.24 |
| सिद्धार्थ | 8.1 | 10.02 |
| सानिमा | 7.73 | 9.21 |
| माछापुच्छ्रे | 8.31 | 10.5 |
| स्टान्डर्ड | 6.61 | 7.63 |
| बिओके | 7.7 | 10.12 |
| सनराइज | 7.8 | 9.97 |
| मेगा | 8.14 | 10.09 |
| लक्ष्मी | 8.09 | 10.24 |
| बंगलादेश | 8.13 | 9.87 |
| सिटिजन्स | 8.81 | 10.75 |
| कुमारी | 8.4 | 10.68 |
| एनसिसी | 8.63 | 10.77 |
| सेन्चुरी | 8.68 | 10.45 |
| सिभिल | 8.88 | 11.11 |
प्रकाशित: २०७७ मंसिर ३
November 18th 2020
प्रतिक्रिया दिनुहोस्