सेयर बजारमा हरियालीः एकैदिन ६ अर्बको कारोबार, राख्यो नयाँ रेकर्ड, सेयरबजारका लगानीकर्ता खुशी !
निर्माण सञ्चार, ४ मंसिर, काठमाडौं । लामो समयदेखि मन्दीको मारमा पिल्सिएको नेपाली सेयर बजारमा यतिबेला हरियाली देखिन थालेको छ । आजको दिनमा भने यसले नयाँ रेकर्ड हासिल गरेको छ ।
बिहीबार अर्थात् साताको अन्तिम दिनको सेयर कारोबार ६ अर्ब भन्दा बढी रकमको भएकोले नयाँ रेकर्ड देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीका अनुसार सेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो । उनले एकै भने, ‘यसअघि ४ अर्ब ८५ करोड रुपियाँको कारोबार भएको थियो, तर, आज (बिहीबार) नयाँ रेकर्ड कायम भएको छ ।’
नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ ।
यसले सेयरबजारका सट्टेदारहरु खुशी भएको बताउँछन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बिहीबारको कारोबारले लगानीकर्ताहरुलाई उत्साह थपेको प्रतिक्रिया दिएकाछन् । उनले थपे, ‘सेयर बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । अब लगानीकर्ता झनै उत्साहित हुने छन् ।’
उनले अब बजार पहिलेको अवस्थामा नझर्ने दाबी गरेका छन् ।
यही सेयर बजार हो, कुनै बेलामा झरेर ११ सयमा पुगेको थियो । आजका दिनमा नेप्से परिसूचक १८ सय नजिक पुगेको छ ।
०००
प्रकाशित: २०७७ मंसिर ४
३६ अंकले बढ्यो नेप्से
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ । दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपियाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।०००
प्रकाशित: २०७७ मंसिर ४
November 19th 2020
प्रतिक्रिया दिनुहोस्