नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम, कारोबार रकम ९ अर्ब नाघ्यो
निर्माण सञ्चार,१४ मंसिर,काठमाडौँ । आइतबार (आज) पनि नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
त्यस्तै, सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेर नयाँ रेकर्ड बनाएको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो । आइतबार दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जहाँ कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ । आइतबार नेप्से परिसूचक तथा कारोबार रकममा नयाँ रेकर्ड नै कायम भए पनि सबै लगानीकर्ताहरुले कमाउन सकेनन् । बैंक, विकास बैंक, जीवन बीमालगायत समूहका लगानीकर्ताहरुले कमाएका छन्, भने व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब ५ प्रतिशतले बढेको छ ।
०००
प्रकाशित: २०७७ मंसिर १४

November 29th 2020
प्रतिक्रिया दिनुहोस्