नेपाली समय: ०६:४७:४५ बेलुका
वि.सं २०८३ बैशाख १८   शुक्रवार

आइतबार थप ४२१ कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार, १९ पुष,काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय २१ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ।पछिल्लो २४ घण्टामा ६ सय ३७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७८ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ९७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंका १ सय ६०, ललितपुरका २६ र भक्तपुरका ११ जना रहेका छन्।
 

०००


 



प्रकाशित: २०७७ पौष १९
January 3rd 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार