सोमबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि
निर्माण सञ्चार, २० पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्।
यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। यस्तै २४ घन्टामा थप ४ हजार ४०१ स्वाब नमूना परीक्षण गर्दा ४०४ जनामा संक्रमण देखिएको हो। यस्तै सोमबार ५९४ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९७.३ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २८९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार २८९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालया अनुसार कोरोनाका गम्भीर २०९ जनाको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ०००
प्रकाशित: २०७७ पौष २०

January 4th 2021
प्रतिक्रिया दिनुहोस्