मंगलबार थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि
निर्माण सञ्चार, २१ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको छ ।
०००
प्रकाशित: २०७७ पौष २१
०००
प्रकाशित: २०७७ पौष २१
January 5th 2021
प्रतिक्रिया दिनुहोस्