बुधबार थप ४०९ जनामा कोरोना भाइरस संक्रमण
निर्माण सञ्चार, २२ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ।
०००
प्रकाशित: २०७७ पौष २२
प्रकाशित: २०७७ पौष २२
January 6th 2021
प्रतिक्रिया दिनुहोस्