बिहिबार थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
निर्माण सञ्चार,२३ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ मा कोरोना परीक्षण गरिएको थियो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ सय ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३ पुगेको छ। यसैगरी निको हुनेको दर ९७.४ प्रतिशत रहेको छ।
०००
प्रकाशित: २०७७ पौष २३

January 7th 2021
प्रतिक्रिया दिनुहोस्