नेपाली समय: ०६:४८:२४ बेलुका
वि.सं २०८३ बैशाख १८   शुक्रवार

शुक्रबार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार, २४ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार १५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५८५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५७ हजार २२९ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९०९ पुगेको छ ।
हाल ३३८ जना क्वारेन्टिनमा र पाँच हजार २१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


०००
 



प्रकाशित: २०७७ पौष २४
January 8th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार