नेपाली समय: १०:१४:१३ बिहान
वि.सं २०८२ माघ १९   आइतबार

आइतबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार, २६ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ।


पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १७ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। 


०००
 



प्रकाशित: २०७७ पौष २६
January 10th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार