आइतबार थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
निर्माण सञ्चार, २६ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ सय १३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय १७ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
०००
प्रकाशित: २०७७ पौष २६

January 10th 2021
प्रतिक्रिया दिनुहोस्