सोमबार थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
निर्माण सञ्चार, २७ पुष,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२ महिला र २९६ पुरुषमा संक्रमण देखिएको हो।
योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८ जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । सोमबार मात्रै थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ । यस्तै २३७ जना क्वारेन्टिनमा छन् भने ४ हजार ३७३ जना आइसोलेसनमा छन्। नेपालमा अहिलेसम्म १ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण भएको छ । सोमबार मात्र ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ४८८ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ०००
प्रकाशित: २०७७ पौष २७

January 11th 2021
प्रतिक्रिया दिनुहोस्