नेपाली समय: ०६:४४:३० बेलुका
वि.सं २०८३ बैशाख १८   शुक्रवार

मंगलबार थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार, २८ पुष,काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ।


पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३ सय ६५ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३२ पुगेको छ।

 

००० 



प्रकाशित: २०७७ पौष २८
January 12th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार