नेपाली समय: ०६:४२:२२ बेलुका
वि.सं २०८३ बैशाख १८   शुक्रवार

बुधबार थप ४४५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार, २९ पुष,काठमाडौँ ।   पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय १४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४१५४ नमूनाको पिसिआर गरिएको छ।


०००



प्रकाशित: २०७७ पौष २९
January 13th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार